प्रवास

मुम्बईमा एकजना नेपालीले आफ्नै श्रीमतीलाई डिजल छर्केर जलाएर मारे

बिज्ञापन

अछाम । मुम्बईमा एकजना नेपालीले आफ्नै श्रीमतीलाई डिजल छर्केर जलाएर मारेको आरोप माइती पक्षले लगाएको छ ।

पञ्चदेवल विनायक-६ तोलीका २५ वर्षिया देबु विकको उनकै श्रीमान जनक विकले हत्या गरेको माइति पक्षले बताएका छन् ।

भारतमा रहेका जनकले बिरामी छोरीलाई उपचारका लागि बोलाएर आगो लगाएर हत्या गरेको देबुका बुबा मौरे विकले बताए । भदौ ७ गते मुम्बईमा आगो लगाएको र उपचारका क्रममा १२ गते मृत्यु मौरेले बताए ।

‘शरिरमा डीजेल छर्केर आगो लगाइ गम्भीर घाइते भएपछि अस्पताल लगेछन् । यो खबर सुनेपनि म गएँ,’ उनले भने, ‘मुम्बईको जीजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसपछि कोलाबा प्रहरी चौकीमा उजुरी गरेँ । तर, प्रहरीले घटनालाई सामान्य रुपमा लिएर जनकलाई छाडिदियो ।’

बिज्ञापन

त्यसपछि जनक सम्पर्कमा छैनन् । अस्पताल र प्रहरीले दबाब दिएपछि छोरीको शव बुझेर दाहसंस्कार गरेको मौरेले बताए । छोरीको मृत्युका विषयमा सत्यतथ्य पत्ता लगाइदिन उनले नेपाल प्रहरीसँग अनुरोध गरेका छन् ।

‘पराई देशमा लगरेर छोरीलाई जिउँदै शरीर जलाएर माँरे । निरिह भएर दाहसंस्कार गरेँ,’ उनले भने, ‘श्रीमानले उपचार गर्लान् भनेर गएकी पापीले ज्यानमै आगो लगाइदियो । अधिकारकर्मी, प्रहरी, प्रशासन, स्थानीय सरकार छोरीको हत्यारालाई कारबाहीको दायरामा ल्याइदिनुपरो । छोरी त मरी मरी तर न्याय नमरोस् ।’

देबु परिवारकी मायली छोरी हुन् । २०७१ मंसिरमा उनको जबरजस्ती विवाह भएको दाजु भरतले सुनाए । भरतका अनुसार गाउँमै विवाह हेर्न गएकी उनलाई सोही वडाको गौंतिबग्णका जनकले जबर्जस्ती गरेर तानेरे लगे । त्यसपछि परिवारको आग्रहमा इज्जतको ख्याल गर्दै विवाह गर्न सहमत भइन् । जनकको घरको वातावरण राम्रो थिएन ।

उनका २ सन्तान भए । छोरा साढे ६ र छोरी साढे ३ वर्षकी छन् । जनक भारतको पुनामा रोजगारीका लागि गएका थिए । देबुको पेटमा समस्या देखिन थाल्यो । जनकले उपचारका लागि बोलाए । त्यसपछि उनी भारत गइन् । तर, उनी पुग्नासाथ जनकले मादक पदार्थ सेवन गरेर कुटपिट गर्न थाले ।

त्यसपछि उनी देबु र सँगै गएकी छोरीलाई लिएर मुम्बई पुगेका थिए । मुम्बईमा थप विवाद भएपछि आगो लगाएको दाजु भरतले बताए । यस घटनाका विषयमा आफूहरूलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालय अछाका इन्स्पेक्टर कैलाश विष्टले बताए ।

‘घटना भएकोबारे प्रहरीमा हालसम्म जानकारी छैन,’ उनले , ‘यही भएको हो भने पनि भारतमा भएको हुनाले हामीले केही गर्न सक्दैनौं ।आफू शनिबार भारतबाट आइपुगेको हुँदा सोबार प्रहरीमा उजुरी गर्ने भरतले बताए ।

यो समाचार क्षितिज सरगमले दृष्टिमा उल्लेख गरेका छन् ।

बिज्ञापन
बिज्ञापन