March 21, 2023

मालिका समाचार

देशकाे ऐना

सयुक्त नेपाली महासंघ मुम्बईको बार्षिक खेलकुद कार्यक्रम सम्पन्न

क्रीकेटमा मात्रै नेपाली हरुका १८ टीम सहभागी
विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

सयुक्त नेपाली महासंघ मुम्बईको आयोजनामा मुम्बईमा बार्षिक खेलकुद  सम्पन्न भएको छ ।
मुम्बई को रे रोड स्थित टाटा गार्डन् बि.पि.टी.ग्राउन्डमा आयोजना गरिएको  वार्षिक खेलकुद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको  महासंघका बरिस्ठ उपाध्यक्ष  पुर्ण कुवरले मालिका समाचार लाई बताए ।
उक्त  खेलकुद कार्यक्रममा विषेशगरि क्रीकेटलाई प्राथमिकतामा राखिएको थियो भने साथै अन्य मैदानी खेल हरु पनि खेलाइयको थियोे विभिन्न उमेर समूह बीच  प्रतिस्पर्धा गराइएको थियोे  उक्त खेलकुद कार्यक्रममा महासंघका आजिवन सदस्य एवं महासँघ खेलकुद बिभाग प्रमुख स्वर्गीय सागर खत्रीको स्मृतिमा आयोजना गरिएको हो यसलाई महासंघले  बार्षिक नियमित कार्यक्रमका रुपमा पनि लिनेगरेको छ। क्रीकेट प्रतियोगितामा पहिलो भरत एलेभनले २०हजार दोस्रो एम सि सि बोरेवली १५ हजार हात पारेको थियो खेलमा १८ वटा टिमको सहभागीता रहेको थियो । बेस्ट ब्याटमेन मदन ,बेस्ट बलर प्रकाश ,मेन अफ द सिरिज ओम खड्काले हातपारेका थिए। भने अन्य खेलहरु पनि खेलाइएको थियो जसमा घैटो फोड,चम्चा गुच्छा ,रेश,केरा दौड ,संगीत कुर्सी खेल रहेका थिए


उक्त कार्यक्रम लाई सफलपार्नकोलागि महासंघका सल्लाहकार समिति सदस्यहरु ,पदाधिकारीहरु र कार्यकारिणी सदस्यहरु लगायत  महासंघका आजिवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो भने   महासंघका शुभचिन्तक हरुले कार्यक्रममा ठुलो सहयोगको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमको उदघाट्नमा दिप प्रज्वलन र नारिवल फुटाएर पुजागरी महासंघका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर कुँवरले गर्नु भएको थियोे।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शैलेश खत्री रहनु भएको थियो र अन्य अतिथि हरुमा महासंघका पूर्व सल्लाहकार प्रमुख श्री झपट एल.सिंह,पूर्व अध्यक्ष जगत बहादुर सिंह ,पूर्व अध्यक्ष श्री ताराप्रशाद शर्मा ,पूर्व शिक्षा मन्त्री  शान्त शर्मा, ज्यू काङ्ग्रेस आइका दक्षिण मुम्बई उपाध्यक्ष शिवराज शर्मा, महासंघका पूर्ब उपाध्यक्ष गणेश ढकाल,यज्ञप्रसाद पौडेल,हुनुहुन्थ्यो महामन्त्री बिष्णु काफ्ले र सह-महामन्त्री भिम राज गैरे ले सयुक्त संचालन गरेका थिए ।खेलकुद कार्यक्रम सफलपार्नमा महासघका कोषाध्यक्ष सुरज बोगटी, शिक्षा मन्त्री ,सीता काफ्ले सास्कृती मन्त्री ,तारा शर्मा ,अर्थ  मन्त्री बामदेव सुवेदी, कार्यकारिणी सदस्य चन्द्र सिंह, राज रावल,प्रेम बयक, भिम खड्का,पूर्व अर्थ मन्त्री नरेश भण्डारी ,पूर्व सह-महान्त्री पूर्ण बोहरा  लगायतको उपस्थिति संगै सहकार्य रहेको थियो