प्रवास

संयुक्त नेपाली महासंघ मुम्बईद्वारा सत्य नारायणको पूजा सहित विविध नेपाली संस्कृतिक कार्यक्रम सम्पन्न

बिज्ञापन

मुम्बई, १४ अप्रेल । संयुक्त नेपाली महासंघ मुम्बईद्वारा सत्य नारायणको पूजा सहित विविध नेपाली संस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।


निकै लामो समयदेखि प्रवासको क्षेत्रमा प्रवासीहरुको हक-हित र अधिकारको लागि सधै अग्रपक्तिमा रहेर काम गर्दै आएको संघले प्रवासी नेपालीहरुको सम्मान र हौसला दिनको लागि नयाँ बर्ष २०८० को शुभकामना आदान–प्रदान गर्न मुम्बईको गोरगाव स्थित बंगुरनगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

इतिहास र ऐतिहासिक छाप छर्न सफल प्रवासमा ४५औ बसन्त पार गरेको लोकप्रिय सामाजिक संस्था ‘सयुक्त नेपाली महासंघ मुम्बई भारत’ ले बिगतका बर्षहरूमा जस्तै यो बर्ष पनि नयाँ बर्षको अबसरमा भारतको बंगुरनगर हल गोरेगाव पश्चिम मुम्बईमा रविचन्द्र भट्टराईको अध्यक्षतामा कार्यक्रमका प्रमुख सल्लाहकार श्री काशी पाण्डेयको बिशेष सहेयोगमा श्री सत्यनारायण

महापुजा साथ महाप्रसाद, शुभकामना आदान–प्रदानका साथै सांस्कृतिक कार्यक्रम करिब ७०० प्रवासीहरूको उपस्थितिमा भव्य र सब्य तरिकाले सम्पन्न भएको छ । महासंघका हरेक सदस्यहरुका साथैं शुभचिन्तकहरुको सहयोगबाट गरिएको उक्त कार्यक्रमको प्रमुख बिशेषता महासंघको पुरानो नारा ‘हामी सबै नेपाली हौ, नेपाली हुनुमा गर्व गर्दछौ तसर्थ हामी सबै एकसाथ जुटौ तर नफुटौ’ भन्ने मै विस्वस्त रहेको थियो । महासंघले हाम्रो भेष–भूषा, भाषा, कला, धर्म सस्कृती र संस्कार को रक्षा गर्दै

बिज्ञापन

दुःखी पीडीत र बेसाहारा हरूको लागि पनि संटमोचक बन्दै आएको छ । यस्तै बिभिन्न माध्यमबाट गरिएका सामाजिक कार्यबाट प्रभावित भएर महासंघ मा जोडिने सदस्यहरूको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । यस कार्यक्रमका निर्देशक÷उदघोषक महासंघका संगठन मन्त्री तथा नेपाली भाषाका संरक्षक युवराज न्यौपाने महासंघको तर्फबाट नयाँ बर्षको शुभकामना दिदै

सम्पूर्ण सहयोगी शुभचिन्तकहरु प्रति धन्यवाद र आभार प्रकट गर्नु भएको थियो । शुभकामना दिने क्रममा महासंघका बरिष्ठ आदरणीय जगत बहादुर सिंह, अध्यक्ष धिर रावल, साँस्कृतिक मन्त्री तारा शर्मा, शिक्षा मन्त्री सिता काफ्ले, महामन्त्री बिष्णु

काफ्ले, कोषाध्यक्ष सूरज बोगटी, सह–महामन्त्री भिमराज गैरे, सल्लाहकार निरज कोइराला, नवराज थापा, लगायत महासंघका सम्पुर्ण सदस्यहरूले नयाँ बर्षको शुभकामना साथैं महासंघप्रति माया गर्ने सहयोगी शुभचिन्तकहरुलाई धन्यवाद दिनुभएको थियो

। धन्यवादका पात्र दानदाताहरु मदन चलाउने, पूजा चलाउने, राजकुमार बराल, ज्योति पाण्डेय, तेजस भण्डारी, केशव आर्याल, कामला आर्याल, डा. प्रो. सूर्य ब. सिंह, बिष्णु खत्री, महेश जोशी, खुमलाल गैरे, किशन रतन, पुष्पा रतन, भूवन ढकाल, सुमन बर्डेवा, पत्रकार प्रेम जनला, रहेका थिए । उनीहरुले देशभित्र भैरहेको असोभनिय, भद्रगोल सत्ताको चलखेलले देशलाई नै समाप्त पार्ने षड्यन्त्र भएको महसुस गर्दै प्रवासीहरूले आक्रोस व्यक्त गर्दै ध्यान आकर्षण गराएका थिए ।

विशाल कार्यक्रममा सहभागि सम्पूर्ण भक्तजन र दर्शकहरुलाई सांस्कृतिक मन्त्री सुश्री तारा शर्माले स्वागत गरेकी थिइन भने उक्त अवसरमा विशिष्ट अतिथिहरुमा बिद्या ठाकुर, लोक बहादुर सिंह, अभिजीत राणे, सुभाष मालू, मोतीलाल न्यौपाने, सुनील बराल, राजेन्द्र थलारीको उपस्थिति रहेको थियो ।

बिज्ञापन
बिज्ञापन