काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यक्रम तय गरेको छ । हिजो बसेको आयोग बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।
ती दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने छ । आयोगले वैशाख १२ गते ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशित गर्ने, १३ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यक्रम बनाएको छ ।
अन्य समाचारहरु
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा
प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरे: भीम रावल