व्याक्ती बिशेष

भारतीयलाई नागरिता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

बिज्ञापन


कार्तिक ,१४
कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिता दिलाउन सिफारिस दिने धनगढीका वडाध्यक्ष पक्राउ परेका छ्न ।


धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा उनी पक्राउ परेका हुन।


यस्तैगरि , २०७५ फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।


टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छ्न ।नक्कली बुवा बन्ने चौधरी अहिले फरार छ्न भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

बिज्ञापन


वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान जारी भइरहेको प्रहरीले बताएको छ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply