विज्ञापन

काठमाडौं । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । सोमबार दिउँसो नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कृष्णनगरमा आगलागी हुँदा १५ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिइएको हो ।
विज्ञापन

आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति हुन पाएको छैन ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ