28/01/2022

मालिका समाचार

देशको ऐना

नवदुर्गा आधारभुतको विद्यालयको सामाजिक लेखा परिक्षण कार्यक्रम सप्पन्न

विद्यालय हरुमा सरकारले उपलब्ध गराएको दिवा खाजा कुनै कम्पनीमा प्याकिङ गरेको प्रयोग भएको पाइएको मा बालबालिका हरुलाइ खाजा ताजा बनाएर उपलब्ध गराउन सुझाव
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर १७ मंसिर
टीकापुर नगरपालिका-१ब्लक-९मा रहेको नवदुर्गा आधारभुत बिद्यालयको बुधबार सामाजिक परिक्षण सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ।

शिक्षक अभिभावक संघका सदस्य देवसरा साउदको अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन शिक्षक रुप साउदले गरेका हुन राष्ट्रियगान बाट सुरु भएको उक्त कार्यक्रममा उपस्थित अतिथि हरुलाइ विद्यालयका प्रधानाध्यापक राम प्रसाद भट्टराईले स्वागत संगै बिद्यालयले गरेका गतिविधिको बारेमा प्रकाश पारेका थिए ।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!
कार्यक्रममा उपस्थिति अभिभावक हरु

टीकापुर नगरपालिका वडा नम्बर १का अध्यक्ष गंगाराम आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम ब्यानर पढेर उद्घाटन गर्नु भएको थियोे ।
विद्यालयका शिक्षिका झम्फा बुढाले सामाजिक परिक्षणको प्रतिवेदन प्रस्तुत गरेकी हुन। पुर्ब स्रोत व्याक्ती विशिष्ट अतिथि टीकाराम जोशी , अतिथि हरु विद्यालय वयवस्थापन समितिका अध्यक्ष ध्रुव खत्री समाज सेवि तथा मालीका समाचारका संचालक प्रेम भट्टराई राष्ट्रप्रेमी,समाजसेवि भुपेन्द्र साउद ,विद्यालय वयवस्थापन समिति सदस्य ,देवसरा कडायत,चक्र बुढा , दिपा साउद,सीता साउद , लगायतको

मन्तव्यको क्रममा प्रमुख अतिथि गंगाराम आचार्यले विद्यालयको पुर्ब अवस्थामा भन्दा धेरै सुधार भएको कुरा राख्नु भयो विशिष्ट अतिथि टीकाराम जोशीले नवदुर्गा बिद्यालयले विद्यार्थी हरुलाइ प्राप्त हुने दिवा खाजाको उचित वयवस्थापनि गरेर ताजा दिने गरेकोले त्यो कार्य उत्कृष्ट भएको बताउनु भयो भने अन्य केहि बिद्यालयको हकमा भने कुनै कम्पनी संग सम्झौता गरि प्याकेटमा खाजा भण्डारण गरि दिने गरेको भेटाइएको बताउदै उक्त कुराको नगरपालिकाले निगरानी गरि बालबालिका हरुलाइ बासी प्याकिङ भएको खानेकुरा नखुवाइ ताजा खुवाउन विद्यालय हरुलाइ सचेत गराउनु पर्ने बताउनु भयो। विद्यालय वयवस्थापन समितिका अध्यक्ष ध्रुव खत्री ,सदस्य सीता साउद ,समाज सेवि तथा पत्रकार प्रेम भट्टराई , समाजसेवि ध्रुव खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विज्ञापन