Uncategorized

श्री नवदुर्गा आधारभुत विद्यालय टीकापुर १को व्यसमितिको पदस्थापन सम्पन्न

बिज्ञापन

टीकापुर ६ कार्तिक नवदुर्गा आधारभुत विद्यालय टीकापुर १को बि.व्यवस्थापन गठन पछि बुधबार पदस्थापन कार्य भएको छ।
निवर्तमान अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा सुरु भएको कार्यक्रममा अध्यक्ष पद र माइनट हस्तान्तरण गर्दै नवगठित विद्यालय वयवस्थापन समिति का अध्यक्ष धुर्ब खत्री लगायतको टीमलाइ विद्यालय वयवस्थापन समिति को पदस्थापन गरिएको हो। कार्यक्रमको संचालन राम प्रसाद भट्टराईले गर्नु भएको थियो ।

भरखरै गरिएको अभिभावक भेलाबाट चुनिएको विद्याल वयवस्थापन समितीमा अध्यक्ष :ध्रुव राज खत्री सचिव:राम प्रसाद भट्टराई प्र.अ सदस्य हरु :देव बहादुर साउद,बसुन्धरा ठकुल्ला,नाम सरा बिक, चक्र बुढा , सीता साउद , गंगाराम आचार्य (वडाअध्यक्ष ) झम्फा बुढा (शिक्षक प्रतिनिधि ) रहनु भएको छ भने शिक्षक अभिभावक संघ अध्यक्ष हिरा सिंह साउद सदस्य ललिता ठकुल्ला, मिना भुल, रतन बिक, दिपा साउद , धर्म साउद, रहनु भएको छ।

उक्त कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलको प्रमुख आतिथ्य रहेको थियो भने बिशिस्ट अतिथिमा वडा नम्बर १ का वडा अध्यक्ष गंगाराम आचार्य रहनु भएको थियो ।

शुभकामनाको क्रममा प्रमुख अतिथि नगर प्रमुख तपेन्द्र रावलले अब नगरपालिका भित्रका सामुदायिक आधारभूत विद्यालय हरुको निशुल्क शिक्षण गर्ने निर्णय गरिसकेको बताउनु भयो।

बिज्ञापन

विद्यालयकि सस्थापक प्र.अ सिमा साउद ले स्वागत मन्तव्य द्वारा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।
पदस्थापन पछि नंया अध्यक्ष लगायतको टीमलाइ मन्तव्य द्वारा शुभकामना व्याक्त गर्ने हरुमा बिशिस्ट अतिथि गंगाराम आचार्य ,पत्रकार प्रेम भट्टराई , सामाजसेवि डम्बर बुढा ,सामुदायिक प्रहरी बाट मोहन नाथ , समाजसेवि मोती मिजार रहनु भएको थियो ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply