प्रवास

नवरात्रिको लागि दिशा–निर्देश ४ फीटभन्दा अग्लो मूर्ति बनाउन नपाईने

बिज्ञापन



मुम्बई, २ अक्टुम्बर । गणेशोत्सवको जस्तै महाराष्ट्रको नवरात्रि उत्सवको लागि पनि महाराष्ट्र सरकारले एक दिशा–निर्देश जारी गरेको छ । सार्वजनिक मण्डलको लागि देवीको मूर्तिको उचाई ४ फीट र घरमा स्थापित गर्ने मूर्ति २ फीटभन्दा अग्लो बनाउन नपाइने भएको छ । नागपुरका जिल्ला अधिकारी रवीन्द्र ठाकरेले भने– ‘कोरोना कालमा नवरात्रि, दुर्गा पूजा र दशैंको अवसरमा नागरिकहरुको भीड नहोस भनेर यस्तो निर्णय गरिएको हो । गरबा, डाण्डिया र अन्य सांस्कृति कार्यक्रमहरुको आयोजनामा पनि रोक लगाईको छ ।

बिज्ञापन

अहिले सबैले स्वास्थ्य सम्बन्धि गतिबिधिलाई प्राथमिकता दिनुपर्ने समय आएको छ ।’ उनले अगाडि सबै नागरिकहरुलाई आग्रह गर्दै भनेका छन्– ‘नवरात्रिलाई सार्वजनिक रुपबाट मनाउनुको साटो घरमा वा व्यक्तिगत रुपमा मनाईयोस । सार्वजनिक नवरात्रिको लागि स्थानीय प्रशासनको अनुमति आवश्यक छ । न्यायालयले दिएको आदेशानुसार महानगरपालिका तथा स्थानीय प्रशासनको पण्डालको बारेमा नीति तय गरिएको छ । त्यसै मुताबिक पण्डाल लगाउने अनुमति प्रदान गरिने छ ।’

जिल्ला अधिकारीले पारम्परिक मूर्तिको सट्टा घरमा धातु, संगमरमर आदि मूर्तिहरुको पूजा गर्दा राम्रो हुने छ । त्यस्तै इको–फेन्डली मूर्ति छ भने त्यसको घरमा नै विसर्जन गरौं । स्वास्थ्य विषय, सामाजिक सन्देश, जागरुकता प्रदर्शनीलाई प्राथमिकता दिऊ जसले यस संक्रमण कालको लागि आरु राम्रो हुने छ । ध्वनि प्रदुषणसंग सम्बन्धित नियमहरुको कडाईका साथ पालन गरौं, यदि त्यसको उल्लंघन गरिएको पाइएमा कडा कारवाही गरिने छ ।


त्यस्तै उनले अगाडि भनेका छन्कि देवी–दर्शनको लागि अनलाईन, केबल नेटवर्क, वेबसाइट वा फेसबुकको व्यवस्था गरौं । पाँचभन्दा धेरै मान्छेहरुको उपस्थिति कुनैपनि ठाउँमा नहोस । पण्डालमा खाद्य पदार्थ तथा जलपानको व्यवस्था निषेध गरिएको छ । कोरोनाको संक्रमणलाई रोक्नको लागि पण्डालमा थर्मल स्क्रेनिङको व्यवस्था गर्नुपर्ने छ, सामाजिक दूरीको कडाईका साथ पालन गर्नु पर्ने छ । कसैले आफ्नो घरमा वा सार्वजनिक पण्डालमा राखिएको देवीको मूर्तिलाई सार्वजनिक स्थानमा विसर्जन गर्नु छभने प्रशासनबाट अनुमति लिनु पर्ने छ ।

बिज्ञापन

Leave a Reply