Uncategorized

सुदुरपश्चिम प्रदेशका नेपाली काङ्ग्रेस उमेदवारको टुंगोमा पुग्यो

बिज्ञापन

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले उम्मेदवार टुंग्यायो
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारको टुंगो लगाएको छ । केन्द्रीय संसदीय समितिले प्रतिनिधिसभातर्फ यहाँका १६ मध्ये गठबन्धन गर्दा कांग्रेसको भागमा परेका नौ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । प्रदेशसभा सदस्यको भने टुंगो नलागेको बताइएको छ ।

बिज्ञापन

बैठकमा सहभागी एक नेताका अनुसार सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार उम्मेदवार बन्ने भएका छन् । देउवा ०४८ सालदेखि निरन्तर डडेलधुराबाटै चुनाव लड्दै र जित्दै आएका छन् ।

त्यस्तै, सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट उम्मेदवार बन्ने भएका छन् । हाल उद्योगमन्त्री रहेका दीलेन्द्रप्रसाद बडुलाई कांग्रेसले दार्चुलाबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, अछाम–२ मा पुष्पबहादुर शाह, कञ्चनपुर–२ मा एनपी सावद, कञ्चनपुर–३ मा रमेश लेखक, कैलाली–१ मा रामजनम चौधरी, कैलाली–४ मा वीरबहादुर बलायर र कैलाली–५ मा डिल्लीराज पन्तलाई उम्मेदवार बनाउने निर्णय भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रदेशसभातर्फका उम्मेदवारको भने टुंगो लागिसकेको छैन ।

प्रदेशसभा उम्मेदवारको टुंगो नलागेको बताए पनि क्षेत्र नं. १ कैलालीको प्रदेश क बाट बुद्धिसागर चौधरी र ख बाट डाक्टर रणबहादुर रावल उम्मेदवार बन्ने चर्चा छ । डाक्टर रावलको उम्मेदवारी फाइनल भए पनि प्रदेश क मा गठबन्धनबीच छलफल चलिरहेको जिल्ला सभापति नारायणदत्त भट्टले जानकारी दिनुभयो । त्यस्तै अन्य प्रदेशमा समेत सहमती हुन सकेको छैन ।

कैलाली ५ मा भने क प्रदेशमा रमेश धामी र ख मा प्रकाश देउवा उम्मेदवार हुने सहमती भएको भट्टले बताउनुभयो । अन्य प्रदेशबारे छलफल चलिरहेको उहाँको भनाइ छ ।
गठबन्धनमा सुदूरपश्चिम प्रदेशका १६ मध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति गरेका थिए ।

बिज्ञापन