खेलकुद

थाइल्याण्डसँग नेपाल पराजित

बिज्ञापन

काठमाडौ । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको हो । थाइल्याण्डको चोनबुरीमा भएको खेलमा घरेलु टोलीका लागि फिलिप रोलेर र चाओवाट विरचर्टले एक–एक गोल गरे ।

नेपालले पहिलो हाफमा थाइल्याण्डलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । खेलको ७८औं मिनेटमा रोलेरले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाए । त्यस्तै खेलको इन्ज्युरी समयमा विरचर्टले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । नेपालले अब थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।

एएफसी एसिया कप २०२३ छनोटको तयारीका लागि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र थाइल्याण्ड दुवै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । नेपाल तेस्रो चरणको लागि समूह ए मा रहेको छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन