राष्ट्रिय समाचार

नेपाल–भारतबीच ६ वटा विषयमा सहमती

बिज्ञापन

काठमाडौं । नेपाल र भारतबीच विभिन्न ६ वटा विषयमा सहमती भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा भएको द्विपक्षीय वार्ताका क्रममा दुई देशबीच विभिन्न ६ विषयमा सहमती भएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा डाक्टर अम्बेडकर चियर फर बुद्धिष्ट स्टडिज स्थापना गर्ने विषयमा विश्वविद्यालय र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर) बीच एमओयुमा हस्ताक्षर भएको छ ।

बिज्ञापन

त्यसैगरी आईसीसीआर र सीएनएएस त्रिविबीच आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापनासम्बन्धी एमओयुमा हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र आईसीसीआर विश्वविद्यालयमा आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापना सम्बन्धी एमओयुमा हस्ताक्षर भएको छ ।

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी– मड्रास (आईआईटी–एम) बीच एमओयु र स्नातकोत्तरमा संयुक्त कार्यक्रम सञ्चालनसम्बन्धी समझदारीसम्बन्धी पत्र हस्तान्तरण भएको छ ।

त्यस्तै दुई देशबीच सतलज जलविद्युत निगम लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच अरुण चौथो परियोजना विकास तथा कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

द्विपक्षीय वार्ताका क्रममा दुवै पक्ष लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्न समेत सहमत भएका छन् । साथै यसको आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित स्थानीय अधिकारीहरुलाई जिम्मेवारी समेत दिइएको छ ।

बिज्ञापन