23/09/2021

मालिका समाचार

देशको ऐना

बिद्धुत प्राधिकरणमा कुलमान घिसिङ पुन पदबहाली

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ ; नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङलाई नियुक्ति गरेको छ। नियुक्ति बुझ्दै कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गर्नुभएको छ । बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर उनको पदबहाली भएको छ।

कुलमान घिसिङको कम्ब्याक लाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले स्वागत गर्दै बधाई दिएका छन् । घिसिङको पहिलो कार्यकाल सफल रहेकोले देश बिदेश सम्म चर्चा भएको कुरा स्मरण गर्दै दोस्रो कार्यकाल पनि सफल बनाउन आफूहरूको घिसिङलाई भरपुर सहयोग रहने बताएका छन् ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

सोकार्यक्रममा बोल्दै घिसिङले आफूले सकेसम्म प्राधिकरणको छविलाई विगत भन्दा थप उचाईमा पुर्याउने बताए ,नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा पनि लैजाने खालको कार्यनीति तयार पार्ने पनि बताए । घिसिङले देशमा संचालित रहेका सम्पुर्ण आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले उक्त कुरा पहिलो प्राथमिकतामा राखेर लैजाने बताए।

विज्ञापन