June 3, 2023

मालिका समाचार

देशकाे ऐना

विप्लव समूहसँग वार्ता गर्न (सरकार -विप्लव)दुइटै पक्ष वार्ता टोलि गठन

फागुन १८ काठमाडौं
सरकार र सरकार द्वारा प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ ।
विप्लव समूहसँग वार्ताकालागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मानन्धरका अनुसार सराकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनुभएको छ ।

अनौपचारिक छलफलहरूपछि दुबै पक्षमा वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच आजै वार्ता हुने भएको सरकारी स्रोतले जनाएको छ ।

विज्ञापन

विप्लव समूहले यसअघिनै सरकारसँग बार्ता गर्न खड्गबहादुर बिश्वकर्माको संयोजकमा
तीन सदस्यीय बार्ता टोली गठन छ।
विप्लव समूहका एक नेताले सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै वार्ता थालिने बताए ।

काठमाडौसरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ता गर्न
विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको स्ररोतले बताए