स्वास्थ तथा सरसफाइ

नेपालमा भेटिए हैजाका बिरामी, सतर्क रहन आग्रह

बिज्ञापन

काठमाडौं । काठमाडौंमा हैजाका दुई जना बिरामी भेटिएका छन् । असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १८ र २३ वर्षीय उनीहरू एकै परिवारका हुन् । उनीहरूको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ । साथै गर्मी र वर्षायाममा झाडापखाला, हैजा र पानीजन्य रोग फैलने हुनाले सजग र सतर्क रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

बिज्ञापन
बिज्ञापन