June 5, 2023

मालिका समाचार

देशकाे ऐना

भारतमा प्रवासी नेपालीमाथी अमानवीय व्यावहार

प्रवास सम्बादाता
श्रावण २ प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्म भुमि भारतमा नभई नेपालको पर्सामा रहेको भनी उजागर गरेको बिषय लाई लिएर भारतमा केहि अराजक तत्वले प्रवासी नेपाली हरु प्रति अमानवीय व्यावहार गर्न थालेका छन।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

भारतको विश्व हिन्दु सेना नाम को संगठनले बिहीवार वनारसमा रहेका नेपालीको कपाल जबरजस्ती खौरिदिएका छन्। हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका छन्। त्यसपछि उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्माविरुद्ध नाराबाजी गरेका थिए।
धेरै ठाउँमा “मेरा भारत महान ” को स्लोगन लेखिएको भेटिने भएतापनी यस्तो हर्कतले भने वैचारिक दरिद्रता देखाएको नेपाली सामाजिक अगुवा हरुको ठोकुवा छ।


राम नेपालमै जन्मेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध हिन्दु सेनाले यस्तो कदम चालेको हुन सक्ने बताइएको छ।
हिन्दु सेनाले प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिएको छ।
बिहीवार बिहान बनारसको एक मन्दिरमा हिन्दु सेनाले चेतावनीसहितको एक पोस्टर टाँसेका थिए। सोही साँझ हिन्दु सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेको नेपाली नागरिकलाई रोकी जबरजस्ती कपाल खौरी दिएको भारतीय समाचार संस्थाहरुले जनाएको छ। यद्यपि ती व्यक्तिको परिचय भने खुलाइएको छैन।

विज्ञापन

विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो बयान फेर्नुपर्ने पाठकले सुझाएका छन्। तर राम नेपालमा जन्मेको हुनन सक्ने प्रमाण हरु नेपाली अन्लाईन समाचार हरुले समाचार सम्प्रेषण गरेका छन ।