अर्थ

नेपालको व्यापार घाटा साढे ३४ प्रतिसतले बढ्यो

बिज्ञापन

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्बभन्दा बढी पुगेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुन मसान्तसम्म नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव ५० प्रतिशत बढी व्यापारघाटा हो । विभागका अनुसार आयात भएका वस्तुहरुको सूचीमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ र कच्चा खानेतेल रहेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा ८७ अर्ब ८३ करोड रुपैयाँ बढीको डिजेल, ३९ अर्ब ८५ करोड रुपैयाँ बराबरको पेट्रोल र ४३ अर्ब ७४ करोड रुपैयाँ बढीको कच्चा भटमासको तेल आयात भएको छ विभागले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन