June 7, 2023

मालिका समाचार

देशकाे ऐना

२०७९ मा ९५ दिन सार्वजनिक बिदा हुने
सरकारी कर्मचारीलाई बिदाको राम्रो अवसर

काठमाडौं । संवत् २०७९ मा सार्वजनिक र शनिबार गरी ९५ दिन बिदा हुनेभएको छ । संवत् २०७९ मा नेपाल सरकारले शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आगामी वर्ष सार्वजनिक बिदाबाहेक ५२ वटा शनिबार परेका छन् ।
गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलले आगामी वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो । गौरा पर्व, महाशिवरात्रि र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस शनिबारकै दिन परेकाले बिदा जोगिएका छन् ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

उहाँका अनुसार आगामी वर्षभरिमा विभिन्न चाडपर्वका लागि २० दिन, महिला कर्मचारीका लागि दुई दिन, शिक्षण संस्थाका लागि एक दिन, काठमाडौँ उपत्यकाका लागि मात्र चार दिन, दशैँ बिदा छ दिन, तिहार बिदा पाँच दिन, सबैका लागि पाँच दिन विभिन्न दिवस बिदा परेका छन् । त्यसैगरी, अपाङ्गता भएका व्यक्तिका लागि एक दिन र विभिन्न जन्मजयन्तीका लागि तीन दिन बिदा दिइएको छ ।

मन्त्रालयका अनुसार नेपाल सरकारले तोकेका सार्वजनिक बिदाबाहेक विभिन्न प्रदेश सरकारले प्रदेशको धर्म, संस्कृतिअनुसार बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सङ्घीय कार्यालयमा समेत सार्वजनिक बिदा गरिनेछ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

विज्ञापन