राजनीति

नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दै

बिज्ञापन

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको उनले बताए ।

अभियानको आज पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिक समक्ष पुर्याउने प्रवक्ता महतले बताए । स्थानीय तहको चुनावको लागि माहोल बनाउने लगायत आठ वटा मुद्दामा अभियान केन्द्रित हुने छ ।

बिज्ञापन
बिज्ञापन