प्रवासबिश्वसहयोग तथा उदार

बंगलादेश बाट नेपाल फर्कदै गरेका नेपाली बिद्यार्थी अलपत्र ठगिए प्रतिव्यक्ति ७देखी १४ हजार सम्म

बिज्ञापन

बैशाख २३ ढाका // हालै बंगलादेश बाट भारत हुदै नेपाल फर्कदै गरेका नेपाली बिद्यार्थी बङलादेश स्थित बुरिमारी नाकामा अलपत्र परेका छ्न भने उनीहरुलाई प्रतिव्यक्ति ७देखी १४ हजारको बंगलादेशी रुपियाँ (टाका)का हिसाबले ठगिएका छन। बुरिमारी सीमा हुँदै नेपालका लागि यात्रा गरिरहेका नेपाली विद्यार्थीहरुले ७,००० देखि १४,००० ( बंगलादेशी टाका) हरेक व्याक्ती अबैध असुली तिर्नु परेको हो।

बिज्ञापन

यसरी ठगिनेमा सिराहाका सवान यादव ,जनकपुरका अजित चौधरी , लगायत अन्य दुई जना रहेको र दुई व्याक्तीको निम्ति ३०हजार बंगलादेशी रुपैया (टाका) आफैले पठाइदिएको उनका साथी रुपेश महतो ले मालिकासमाचार लाई बताए समान्य उनिहरुले तिर्नु पर्ने एक रकम सडक करको रूपमा ५००मात्र थियो । त्यति मात्र नभई , बुरिमारी सीमानामा उनीहरूले भारत तर्फ ३,३०० (भारतीय रुपैयाँ) तिर्न बाध्य पारिएको पनि उनले बताए ।
सामान्य अवस्थामा त्यहीँ कुनै रकम तिर्नु पर्दैन ।
पैसाको अभावमा दुई विद्यार्थी अन्तिमा ३० घण्टा सम्म बुरिमारीमा नाकामाा अलपत्र परेेका थिए। उनीहरूसँग माग गरे बराबरको रकम नभएका कारण नाकामा खटेका अधिकारीहरूले उनीहरूलाई प्रतिव्यक्ति १४ हजार नतिरेसम्म सिमाना पार गर्न दिएका थिएनन। उनीहरुसंग बुरिमारी सिमाना पार गर्न आवस्यक कागजात गृहमन्त्रालयद्वारा जारी गरिएको अनुममति पत्र उपलब्ध थियो ।
बुरिमारी नाकाबाट बाहिर निस्कन उनीहरुले उक्त शहरमा रहेका साथीहरूसंग रुदै सहयोग माग्दै केहि रकम संकलन गर्ने कोशिस गरे

उक्त बिषयमा बंगलादेशमा रहेको नेपाली दूतावासलाई जानकारी गराइएको थियो राजदुतावास बाट पनि सोझै भने, हामीले सकेजति गर्यौं। अब हामीले गर्न सक्ने केहि छैन।
नेपाली राज दूतावास भएर पनि आपतकालको बेला आफ्नो नागरिकको गुनासो सुन्न र उक्त बिषयमा सहयोग गर्न नसक्नुलाई के राजदुतावास छ भन्नु भन्दै विद्यार्थी हरुले प्रश्न गरेका थिए ।

यसरी सडकमा यात्रा गरिरहेका विद्यार्थी हरुले बोकेको गृहमन्त्रालय तथा राजदुतावास बाट प्राप्त पत्र एक खाली कागज सरह मात्रै रहेको र त्यसको कुनै अर्थ नरहेको आफुहरुले दुख पाइरहेको बंगलादेशमा अध्यनरत विद्यार्थी रुपेश महतोले जानकारी दिए।

बिज्ञापन

Leave a Reply