बिश्वसहयोग तथा उदार

दिल्ली सरकारले ७२लाख गरिब लाई दुई महिनाको खाद्यान्न दिने

बिज्ञापन

बैशाख २१ नईदिल्ली//
दिल्ली सरकारले ७२लाख राशनकार्ड धारकलाई दुई महिनाको खाद्यान्न दिने निर्णय गरेको छ।

बिज्ञापन

नंया भेरियन्टको कोरोना भाइरसले बिक्राल रुप लिएपछि यसलाई लाई रोकथाम गर्न लकडाउन गरिएकाले गरिब हरुलाइ यसको प्रत्यक्ष मार परेको र उनीहरुको चुलो बन्द नहोस् भन्ने उदेश्यले दुई महिनाको खाद्यान्न दिने निर्णय गरेको दिल्ली सरकारका मुख्यमन्त्री अर्बिन्द केजरिवालले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छ्न।

गत बर्ष पहिलो चरणको लकडाउन हुदा पनि आर्थिक संकटमा परेका ५६ हजार गरिब रिक्सा ट्याक्सी चालक जसले हरेक दिन कमाउदै चुलो बाल्दै गरेका हुन्छन उनिहरु लाई लकडाउनको मार परेको थियो त्यसैले ड्राइभर हरुको खातामा ५/५ हजार दिल्ली सरकारले राखिदिएको थियो साथै बिमार भएका हरुलाइ अलग मदत गरेका थियो ।
अहिले ७२लाख राशनकाड धारक गरिबहरु लाइ दुई महिनाको राशन उपलब्ध गराउने निर्णय गरेको छ।

केजरिवालले अगाडि भने :यसको मत्लब दुई महिना मात्रै लकडाउन रहन्छ भन्ने होइन हामीले अर्को निर्णय पनि गरेका छौ यतिबेला पनि रिक्सा, अटो ,ट्याक्सी चालक हरुलाइ ५/५ हजार रुपियाँ फेरि पनि पठाउने निर्णय गरेका छौ थप्दै भने पछिल्लो अवस्था अत्यन्तै गम्भीर रहेकोले राजनीति पार्टी, जाती धर्म सबै पुर्वाग्रह छोडेर मानवीय सहयोगमा जुट्दै सबै मिलेर कोरोना बिरुद्धको लडाइँ लढ्यौ भने हामी सफल हुने छौ भन्दै अपिल गरेका छन ।

बिज्ञापन

Leave a Reply