August 11, 2022

मालिका समाचार

देशकाे ऐना

आइजिपीमा शैलेश थापा क्षेत्रीको नियुक्ति

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

कैलाली २३ असार
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ ।

विज्ञापन

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८ औं आइजिपीमाको रुपमा नियुक्त गरेको बैठकमा सहभागी उच्चस्तरीय स्रोतले बताएको हो । अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व थापाले सम्हाल्नु हुनेछ ।

शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते पहिलोपटक प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेर सुरक्षा प्रणालीमा जिम्मेवार इमान्दारीताको छाप छोडिसक्नु भएको छ भने प्रमुख जिम्मेवारी कस्तो रहनेछ भन्ने कुरा अबको कार्यकालमा थाहा हुनेछ।

विज्ञापन