27/01/2022

मालिका समाचार

देशको ऐना

रेशम चौधरीको नयाँ पार्टी दर्ताको तयारी

पार्टी को नाम नेपाल समाजवादी पार्टी चुनाव चिन्न आखा ,फुलको गुच्छा ,या रेल चुनाव चिन्न प्रस्ताव
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर १८ मंसिर कैलाली जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित संसद रेशम लाल चौधरी कि पत्नी रन्जिता चौधरीको नेतृत्वमा नयाँ पार्टी को तदर्थ समिति गठन गरेको छ।

टीकापुर नगरपालिका वडा नम्बर ७ बाट नेकपा माओवादी केन्द्र बाट निर्वाचित वडा अध्यक्ष रामलाल डगौरा थारुका अनुसार पार्टीको नाम :नेपाल समाजवादी पार्टी र चुनाव चिन्नको लागी आखा ,रेलको इन्जिन वा फुलको गुच्छा सिफारिस गरिएको छ।
हाल २५ सदस्यीय तदर्थ समिति रहेको र आवस्यकता अनुसार थप्दै जानेयोजना रहेको डगौराले बताए।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

आगामी ९ पुसमा दल दर्ता गर्ने दलदर्ता पछि सांसद रेशम लाल चाैधरीले नै नयाँ दलकाे नेतृत्व लिनुहुने चाैधरीका कानुनी सल्लाहकार सराेज बुढाथोकीले समेत संचारकर्मीलाई जानकारी दिए ।

यस अघि मधेसबादी दल हरुले आफ्ना राजबन्दिहरुकाे रिहाइ सम्बन्धि मागहरुकाे सम्बाेधन हुन नसकेकोले त्यसको विकल्पमा नयाँ दल दर्ता गरेर अघि बढ्ने योजनाका साथ सांसद रेशमलाल चाैधरीलाई जेलमा बताएको स्रोतले जानकारी दियो पार्टी गठनको प्रमुख उदेश्य केहि मधेसवादी दल हरुले आफ्नो नाम भजाएर मात्र खानेगरेको र आफ्नो कुनै माग पुरा नगरेकोले आफुले मधेसवादी दल त्याग गरि सकेको निलम्बित संसद रेशम लाल चौधरी लाई उदृत गर्दै विक्रम चौधरीले बताए

तदर्थ समिति बनिसकेको भएपनि आगामी खाका सांसद रेशम पत्नी रन्जिता श्रेष्ठ चाैधरीकाे संयोजकत्वमा भएको कार्यक्रममा उहाँले आफ्नो राजनैतिक कार्य पत्र समेत पेश गर्नुभएको थियाे । राजनैतिक कार्य पत्र अनुसार १०१ सदस्यीय केन्द्रीय समिति,२५ सदस्यीय प्रदेश कमिटी, २५ सदस्यीय जिल्ला कमिटी , २५ सदस्यीय क्षेत्रिय कमिटी, २५ सदस्यीय गाउँ तथा नगर कमिटी र २५ सदस्यीय वडा कमिटी रहने ब्यवस्था रहेको छ ।
केन्द्रीय कमिटी गठन गर्दै प्रदेश, जिल्ला, क्षेत्र, नगर कमिटी गठन गर्दै वडा सम्मका संगठन विस्तार गरिने बताइएको छ

शुक्रबार देखी छलफल सुरु भएको उक्त कार्यक्रममा रेशम चौधरी समर्थक देश भरिका १३ जिल्ला हरुबाट सहभागीता रहेको थियो भने कार्यक्रमा टीकापुर – ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, लक्ष्मण किशोर चाैधरी, भजनी- ३ का वडा अध्यक्ष विक्रम चाैधरी, नवलपरासीका मुक्ती थनेट, बांकेका बसन्ती नेपाली, जुम्लाका साेनाम यंकी मुगाल, देविसरा बादी , नेपाल तामाङ महासंघका प्रदिप तामाङ, भजनीका केवल चाैधरी, कपिलवस्तुका राम बहादुर थारु, कैलालीका पुन्न बहादुर बुढा, रेशम लाल चाैधरीका कानुनी सल्लाहकार सराेज बुढाथोकी, दिपक चाैधरी र पुर्व राजपाका कैलाली जिल्ला संयाेजक गंगा चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । भने कार्यक्रम संचालन समाजसेवी तथा पुर्व शिक्षक दामोदर पन्डित र उर्मिला गमुवा थारुले गर्नु भएको थियोे ।

विज्ञापन