विज्ञापन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार तोलामा दुई हजार ५०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि २०७७ साउन २५ गते छापावाल सुनको मूल्य तोलाको एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो । यस्तै, बुधबार तेजावी सुन पनि तोलाको दुई हजार ५०० रुपैयाँले बढेर एक लाख पाँच हजारमा कारोबार भइरहेको छ ।
विज्ञापन

यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी यसअघि २०७७ साउन २७ गते एक हजार ४३५ रुपैयाँसम्म पुगेको थियो ।
अन्य समाचारहरु
भारतले आज बजेट सार्वजनिक गर्दै
नेपालमा भारतीय रुपैयाँ व्यापारी हरुले सटहीगर्दा घटाएर दिन थाले गुनासो
सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्ने अनुमान