
टीकापुर ३०भदौ
कैलाली जिल्लामा संचालित रहेको दिनेश सञ्चारको गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारवाहीको माग गर्दै टीकापुरका पत्रकारहरुले ईलाका प्रशासन कार्यालय टीकापुर अगाडि धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघ कैलाली शाखाको समन्वयमा भएको धर्ना कार्यक्रममा दोषीलाई कार्वाहीको माग गर्दै आधा घण्टा पत्रकार हरुले धर्नामा दिएका हुन।
नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीले पछिल्लो समयमा पत्रकार र संचार गृह माथी भइरहेका घटनाको निन्दा गर्दै दोषीलाई कार्वाहीको गरिनुपर्ने बताएका छन।

उनले प्रहरीको प्रबक्ताले दिएको आधिकारिक धारणालाई पत्रकारले समाचार बनाउनुमा कुनै गल्ती नभएको भन्दै यदि कुनै त्रुटि भएकै भएपनी कानुनी बाटो अपनाउनुको साटो संचार गृहमा प्रवेश गरि गुण्डाराज सैलिमा आक्रमण गर्नु निन्दनिय भएको बताए।
दोसिलाई कार्वाही नभए देश ब्यापी रुपमा आन्दोलन चर्काउनेकुरा समेत बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्र पार्सद गणेश चौधरी , मातृकाप्रसाद तिमिल्सिना लगायतलेउक्त बिषयमा आ आफ्नो धारणा राखेका थिए। बोल्ने बक्ताहरुले आक्रमणमा संलग्नलाई जो कोहि लाई यथाशीघ्र कार्वाहीको दाएरामा ल्याउन प्रहरी प्रशासनलाई माग गरेको छ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ