आस्था /आध्यात्म

निरंकारी मिशन साझा फूलवारी हो– नरबहादुर रावल (अध्यक्ष, सं.नि.मं. नेपाल)

बिज्ञापन

बर्दिया, ०६ बैशाख । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले निरंकारी मिशन सबै समुदायका मानव प्राणीहरुको साझा फूलवारी भएको बताउनुभएको छ । उक्त कुरा उहाँले बर्दियाको ताराताल सत्संग भवनमा आयोजित सत्संग कार्यक्रम बताउनु भएको हो । उहाँले अगाडि भन्नुभयो– ‘निरंकारी मिशन कुनै धर्म या सम्प्रदाय नभएर एक विशुद्ध आध्यात्मिक विचार धारा हो । सबभन्दा पहिले त हामीले जान्नु जरुरी छकि हामी कुन संस्थामा आवद्ध छौ ? निरंकारी मिशन सबै जात, धर्म, समुदायका मान्छेहरुको साझा मञ्च हो । यसमा हिन्दु, मुस्लिम, बुद्ध, सिख, ईसाई धर्म मान्नेहरु आबद्ध रहेका छन् । सम्प्रदाय किन होइन भन्दा यसमा सबै जाति–जनजातिका समुदायहरु आवद्ध रहेका छन् । त्यसैले यो साझा फूलवारी हो । निरंकारी मिशनको बिषेशता भनेको अनेकतामा एकता भएको संस्था हो । यसमा अनेक प्रकारका मानव प्राणीहरु आवद्ध रहेका छन् । हामी जुनसुकै जातजाति, संस्कृति, रहन–सहन, भेषभूष, बोलिभाषा आदि बिभिन्न भएपनि हामी एउटै प्रभुका सन्तान हौ । हाम्रो परमपिता–परमात्मा एउटै छ । आत्मा परमात्माको अंश हो । यो न त जन्मन्छ, न त मर्छ । यसलाई कुनैपनि शस्त्रले काट्न सकिदैन, आगोले जलाएर जल्दैन, पानीले भिजाएर भिज्दैन, सड्दैन, न त हावाले उडाउन सक्छ । आज हामीमाथि गुरुको कृपा भएर हामीलाई थाह भयोकि जसको भक्ति वा पूजा गरिरहेका छौ त्यसको बारेमा ज्ञान हुनु वा जानकारी हुनु अति आवश्यक रहेछ । यदि हामीले त्यसलाई जानेका छैनौभने त्यसलाई मान्नु सम्भव हुँदैन । ज्ञान लिनुभन्दा पहिले हाम्रो राम रटन थियो, हामीले प्रभुलाई जानेका थिएनौ, एकतर्फि भक्ति थियौ, पहिलेका पुर्खाहरुले जे सिकाउँदै आएका थिए त्यसैको उच्चारण गरिरहेका थियौ । तर, आज सत्गुरुको कृपाबाट सर्वव्यापि रमेरामको दर्शन गराउनुभयो, हामीलाई यस परमात्माको जानकारी भयो’, उहाँले बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो कि आज संसारमा भक्त हनुमानको पूजा भइरहेको छ । तर प्रह्लाद, मिरा, शबरी जस्ताभक्तहरुको कतै पूजा गरिदैन तर हनुमानको भने गरिन्छ किनभन्दा हनुमानमा रामप्रति समर्पण तथा विश्वास थियो त्यसैले उनको पूजा गरिन्छ ।

‘धन–सम्पत्ति, घर–परिवारलाई आफ्नो मानेका छौ तर यस परमात्माले चाहेको समयमा लिएर जान सक्छ, हामीसंग केहि रहदैन । यस संसारमा आत्मा रहदासम्म हाम्रो मान–मर्यादा, ईज्जत छ । त्यसैले तन, मन, धन सबै ईश्वरको देन हो । ईश्वरको कृपाबाट हामी छौ नत्रभने हामी छैनौ । यस निराकारले हामी सबै मानव प्राणीलाई एउटै पाँच तत्वबाट बनाएको छ । हामीले जाति, आश्रम, खानपिन, रहन–सहनको निन्दा गर्नु हुँदैन । गुरुले हामीलाई गृहस्थमा बसेर भक्ति गर्न सिकाउनुभयो । यो नै सबैभन्दा ठुलो धर्म हो । यदि हामी प्रभुप्रति समर्पण छौभने हाम्रा सबै कार्य पूरा हुन्छन्’, उहाँले बताउनुभयो ।

उक्त सत्संग कार्यक्रममा टीकापुर सत्संग भवनका सचिव श्रीराम काफ्ले, स्थानीय सन्त मनोज, शेर बहादुर, कस्तुरी, शिवकरण, याम बहादुर, राजराम, कृष्णा, सम्झना, सुकलाल, कमल, निशा, हेमा, रत्ना, धना, मीना/मनु आदिले गीत तथा प्रवचनको माध्यबाट आ–आफ्नो भाव प्रकट गरेका थिएभने सत्संगको कार्यक्रमको संचालन केन्द्रिय ज्ञान प्रचार देवराज रिमालले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन