आस्था /आध्यात्म

सन्त निरंकारी आदर्श विद्या मन्दिरद्वारा पुरस्कार वितरण

बिज्ञापन

टीकापुर, ८ चैत्र । सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयको ३१औं वार्षिकोत्सव तथा पुरस्कार वितरण एक कार्यक्रमका बिच सम्पन्न भएको छ । उक्त समारोहका प्रमुख अतिथि तथा गुठियार बोर्डका प्रमुख तथा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले पढाईमा राम्रो अंक ल्याएका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गर्दै भन्नुभयो– ‘पछिल्ला दुई वर्षमा कोरोना कालको कारणले विद्यालयले निरन्तर मनाउँदै आएको यस कार्यक्रमलाई मनाउन सकिएन र आज यो सानो कार्यक्रमको आयोजना गरिएको छ जो विभिन्न क्षेत्रमा प्रथम, द्वितिय र तिर्तिय स्थान ल्याउन सफल विद्यार्थी भाइ–बहिनीहरुलाई बधाई तथा उत्तरोत्तर प्रगतिको कामना छ । पढाईको साथै हामीले अनुशासनको पनि पालना गर्नु पर्छ । मानवको महत्वपूर्ण गहना भनेको अनुशासन हो, यदि हामीले जीवनमा अनुशासनको पालना गर्छौ भने जीवन सधैं प्रगतिको बाटोमा अगाडि बढ्ने छ । यदि हामी अनुशासित छैनौभने हामीले जति जे गरेपनि त्यसको पछि प्रतिफल राम्रो हुँदैन । जीवनमा सबभन्दा पहिले मर्यादा, अनुशासन कायम हुनु आवश्यक छ । यस विद्यालयमा अनुशासित विद्यार्थीको मूल्यांकन हुने गरेको बताउँदै यस वर्ष गर्न नसकिएकोले अर्को वर्षदेखि निरन्तर गरिने भन्नुुभयो । सबै विद्यार्थीहरुले अनुशासित भएर पठन–पाठनमा आफ्नो दिलोज्यान लगाएर कोशिश गर्न आग्रह गर्नुभयो । अहिले हाम्रा वरिपरि विभिन्न घटनाहरु घटिरहेका छन्, विभिन्न दुव्र्यसनहरुमा फसेका बालबालिकाहरुको समाचार दिनप्रति दिन आइरहेका छन्, त्यस्ता कार्यहरुमा सबै विद्यार्थीहरु सचेत भएर आफ्नो अमूल्य जीवनलाई सफल गर्नु छ, त्यसका लागि आमा–बुवाले लगानि लगाएका छन् यसमा सबैको ध्यान जानु आवश्यक छ । शिक्षक कर्मचारीहरुले पनि पूर्णरुपमा अनुशासित भएर विद्यालयको पठन–पाठनमा बढी ध्यान दिन आग्रह गर्नुभयो ।’

‘नयाँ शैक्षिक सत्रको आरम्भ हुँदैछ यसमा प्रत्येक शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुले अनिर्वाय रुपमा विद्यालयले तोकेको पोशाकमा आउन आग्रह गर्दै शिक्षक कर्मचारीहरुमा एकता, प्रेम–नम्रता, सदभाव हुनुपर्छ, एक–अर्काको सहयोगी भावना हुनुपर्छ’, उहाँले भन्नुभयो । साथै उहाँले आउँदो चैत्र ०९ देखि लागू हुनेगरि बैशाख–जेठसम्म प्ले ग्रुप र नर्सरीका बालबालिकाहरुको भर्ना निःशुल्क गरिने कुराको उपस्थित शिक्षक कर्मचारी तथा विद्यार्थीहरुले यस विद्यालयमा पढाउन चाहने अभिभावकहरुलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

त्यस्तै प्रकार यस विद्यालयका अध्यक्ष श्रीराम काफ्लेले विगतका वर्षहरुमा विभिन्न मान्यजन, अभिभावक, बुद्धिजीवी वर्गहरुलाई बोलाएर धूमधामले यस कार्यक्रमको आयोजना गरिन्थ्यो तर दुई वर्षको कोरोना कालले गर्न नसकिएकोले अगामी वर्षहरुमा पुनः धूमधामले वार्षिक उत्सव मनाईने बताउनुभयो । प्ले ग्रुप र नर्सरी कक्षाका बालबालिकाहरुको निःशुल्क भर्ना बारे सबैलाई जोडतोडका साथ यस कुराको जानकारी गराउन आग्रह गर्नुका साथै विद्यालयमा जुनसुकै समस्या आएको खण्डमा सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । शिक्षक कर्मचारीहरुले अझै राम्रो मिहिनेत गरेर अभिभावकहरुलाई खुशी गराउन समेत अपिल गर्नुभयो ।

कार्यक्रममा नर्सरी देखि १२ कक्षामा अध्यानरत विद्यार्थीहरुमा प्रथम, द्वितिय र तिर्तिय हुनेलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो । त्यस्तै खेलकूद, वादबिवाद, अनुशासन, वक्तित्व कलामा प्रथम, द्वितिय र तिर्तिय हुनेलाई पनि पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।

बिज्ञापन

कार्यक्रममा सन्त निरंकारी आदर्श विद्या मन्दिरका गुठियार बोर्ड सचिव तथा टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारी, व्यवस्थापन समितिका सदस्य ह्दयराज रेग्मी, सेतुदेवी भण्डारी, प्रकाश ठकुल्ला, विद्यालयका प्रिन्सिपल टेक बहादुर चन्द, भ्वाई प्रिन्सिपल नन्द सिंह भूल, सन्त निरंकारी नेपाली मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल लगायत विद्यालयका शिक्षक–शिक्षिकाहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका क्षेत्रिय सेवादल संचालक तथा गुठियार बोर्ड सदस्य नर बहादुर बटालाले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन