आस्था /आध्यात्म

निरंकारी सत्गुरुको नयाँ वर्षमा मानवतालाई दिव्य सन्देश

बिज्ञापन

ब्रम्हज्ञानको स्थिरताले नै जीवनमा मुक्तिको मार्ग प्रशस्त गर्छ– निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराज

दिल्ली, २ जनवरी, २०२३ । ‘वास्तविक भक्ति जीवनमा ब्रम्हज्ञानको प्राप्तिबाट आरम्भ हुन्छ र यसको स्थिरताबाट नै हाम्रो जीवन भक्तिमय र आनन्दमय बन्छ ।’ उक्त उल्लेखित शब्दहरु निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले ग्राउन्ड नम्बर ८, निरंकारी चोक बुरारी रोड (दिल्ली) मा आयोजित नयाँ वर्ष 2023 को विशेष सत्संग समारोहमा उपस्थित भक्तहरुलाई सम्बोधन गर्दै व्यक्त गर्नुभएको हो ।

ब्रम्हज्ञानको महत्व बताउँदै सत्गुरु माता जीले ब्रम्हज्ञानको अर्थ प्रत्येक क्षण यसको ज्योतिमा जिउनु हो । यो अवस्था हाम्रो जीवनमा तब आउँछ जब यसको स्थिरता स्थिर रहन्छ, तब मात्र वास्तविक मुक्ति सम्भव छ । तर, मायाको प्रभावमा रह्यौं भने निश्चय नै आनन्द र मुक्तिको अवस्था प्राप्त हुन सक्दैन । जीवनको सार्थकता यसैमा छ कि हामी मायाको प्रभावबाट आफूलाई बचाउँछौं र हाम्रो जीवनको उद्देश्य यो भगवान के हो भन्ने बुझेर त्यसलाई जान्ने प्रयास गर्छौं । यस संसारमा निरंकार र माया दुवैको प्रभाव कायम रहन्छ । त्यसैले निरंकारसँग जोडिएर भक्ति गर्नुपर्छ । हाम्रो जीवनमा सेवा, सुमिरण, सत्संग भनेको क्रियापद मात्र होइन, चेक लिस्टको रुपमा मात्र होइन, यो आफ्नो उपस्थिति अभिव्यक्त गर्नको लागि हो, तर यथार्थमा निरंकारसँग जोडिएर आफ्नो कल्याण गर्नु हो ।

सत्गुरु माता जीले उदाहरण दिदै भन्नुभयोे कि जसरी विद्यालयमा सबै विद्यार्थीहरु शिक्षा प्राप्त गर्न आउँछन् र ज्ञान नबुझेका विद्यार्थीहरूको शंका मेटाउनका लागि त्यहाँ शिक्षकहरू उपस्थित हुन्छन् जसले उनीहरूको शंका हटाउन र सही मार्गदर्शन दिन्छन् । त्यसपछि उनिहरु ती शिक्षाहरुबाट आफ्नो जीवन सफल बनाउँछन् । अर्कोतर्फ, हिचकिचाहट वा अन्य कुनै कारणले केही विद्यार्थीहरूले मनमा ती शंकाहरू राख्छन् र पछि गएर त्यही शंकाहरू नकारात्मक भावनामा परिणत हुन्छन्, जसको प्रभावमा उनीहरूले ती शंकाहरू समाधान गर्न सक्दैनन् र फलस्वरूप उनीहरू आफ्नो जीवनमा कहिल्यै सफल हुन सक्दैनन् । सत्गुरुको भाव भनेको ब्रम्हज्ञान ग्रहण गरेर मात्र जीवनमा सफलता मिल्दैन, त्यसलाई बुझेर जीवनमा ढालेर मात्र कल्याण सम्भव छ । नत्र ज्ञानको उज्यालोमा पनि हाम्रो जीवन अन्धकार नै रहन्छ र आफ्नो बहुमूल्य जन्म भ्रम–शंकामा व्यतीत गरेर बिताउँछौं ।

बिज्ञापन

मुक्ति मार्गको उल्लेख गर्दै सत्गुरु माता जीले भन्नुभयो कि मुक्ति केवल तिनै सन्तहरुलाई प्राप्त हुन्छ जसले वास्तविक रुपबाट ब्रम्हज्ञानको दिव्यतालाई बुझे र त्यसलाई आफ्नो जीवनमा ढाले । जीवनको महत्व र मूल्य तब मात्र हुन्छ जब यो देखाउनको लागि नभएर वास्तविकताका लागि बाँचिन्छ । वास्तविक भक्ति त्यो हो जसमा हामी सबै यस निरंकार प्रभुसँग प्रत्येक पल जोडि रहन्छौं ।

अन्तमा, सत्गुरु माता जीले सबैको लागि प्रार्थना गर्नुभयो कि हामी सबैले हाम्रो उत्कृष्ट व्यवहार र भक्तिपूर्ण जीवनले सम्पूर्ण संसारलाई प्रभावित पारेर सुखी र आनन्दित जीवन बिताउन सकौं । निरंकारको सहारा लिएर सबै सन्तको जीवन शुभ र सुखमय हुन सकोस ।

यस कार्यक्रममा सहभागि हुन दिल्ली र एन.सी.आर. लगाएत अन्य ठाउँबाट पनि हजारौं भक्तहरुको उपस्थिति रहेको थियो । वर्षको पहिलो दिन सबैले सत्गुरुको दिव्य दर्शन र पवित्र प्रवचनबाट हर्षित र धन्य भएको महसुस गरेका थिए ।

बिज्ञापन
बिज्ञापन