March 22, 2023

मालिका समाचार

देशकाे ऐना

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
उपचारको क्रममा नर्भिक अस्पतालमा रहेका जबराको ९५बर्षको उमेरमा निधन भएको उनका ज्वाइँ तथा नेपाली कांग्रसका नेता सुनिल थापाले बताइन् ।
स्वासप्रश्वासको समस्याले लामो समयसम्म ग्रस्त जबरको केही दिनअघि अस्पताल भर्ना भएका थिए ।

आज उनको पार्थव शरीरको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका सन्तानमा दुई छोरा र दुई छोरी छन्

विज्ञापन

१४ वर्षको उमेरमा मेट्रिक पास गरेका जबरा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्न सफल भएका थिए ।