राजनीति

एमालेको ग्राउन्ड रिपोर्ट : सत्ता गठबन्धन कायम रहे चुनाव जित्न गाह्रो

बिज्ञापन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने गरी भूमिका निर्वाह गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् ।

बिज्ञापन

काठमाडौँको बबरमहलस्थित एक ब्यांक्वेटमा आज शुरु भएको केन्द्रीय कमिटी बैठकमा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र समग्रमा पार्टीलाई जिताउनका लागि सशक्त ढंगले लाग्न निर्देशन दिएका हुन् ।

आगामी निर्वाचनहरु महत्वपूर्ण भएको र त्यसमा पनि स्थानीय तह झनै महत्वपूर्ण रहेको भन्दै ओलीले केन्द्रमा आफ्नो सरकार बनेपनि स्थानीय तहमा बहुमत नभए काम गर्न सहज नहुने बताए ।

एमालेले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा अग्रणी भूमिका खेलेको उल्लेख गर्दै उनले सत्तापक्षले त्यसको गलत प्रचार गरेको आरोप लगाए ।

ओलीको सम्बोधनसँगै केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठकले स्थानीय तह निर्वाचनमा पार्टीले लिने रणनीति तय गर्नेछ ।

वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसअघि अर्को केन्द्रीय कमिटी बैठक नबस्ने ओलीले बताए ।

बिज्ञापन