Uncategorized

टीकापुरका रिक्सा चालक आन्दोलित

बिज्ञापन

टीकापुर नगरपालिकाले बसपार्क ठेक्कामा दिएर संचालनमा आएपछि टीकापुरका रिक्सा चालक आन्दोलित भएका छ्न।

बसपार्क भित्र प्रवेश गर्न १६ रुपैया ९५ पैसा प्रवेश शुल्क लाग्ने भित्र प्रवेश गरेर यात्रु नपाइने स्थिति भएकोले केहि समय सडकमा यात्रुलाई कुर्दा पनि आफुहरु बाट शुल्क असुल्ने गरेको रिक्सा चालक समितिका अगुवा राम शरण रेग्मीले मालिका समाचारलाई बताए ।

यात्रु पाइने निश्चित भएपछि आफुहरु बसपार्क भित्र प्रवेश गरेर शुल्क तिर्ने तयार रहेको भएपनि सडकमै आएर शुल्क असुल्नेकार्य गलत भएकोले आफुहरु आन्दोलित भएको बताए ।

तस्बिर :प्रकाश खत्री

स्थानीय सरकारले स्थानीय तहको ऐन अनुसार दर्ता प्रक्रियामा लिदा सबै खाले कुराहरू आफुहरु मान्न तयार रहेकोले उक्त कार्य हाल सम्म नभएकोले आफुहरुले धेरै ठाउँ तिर्ने गरेको पनि बताए रेग्मी भन्छन् हामीले बाटो ब्लक गरेका छौ भने हाम्रो गलती मान्न तयार छौ कालोबजारी मार्फ बिक्री भैरहेको पेट्रोल २सय २० प्रति ९सय ४० मिलि. पर्ने भएकोले त्यो पेट्रोल किनेर चलाउनु पर्ने बाध्यता छ साथै इलेक्ट्रोनिक रिक्सा हरु बारम्बार बत्ति जाने समस्याले चार्जिङ हुन पाउदैन बसपार्कमा रसिद काटेर दिन भर थन्क्याएर राख्नुपर्ने अवस्था छ।

बिज्ञापन

ठेक्काको जिम्मेवारी पाएका अमिक्षा कन्ट्रक्सन प्रा.लि का प्रोपराइटर मीन रावल संग बुझ्दा आफुहरुले पार्किङ शुल्क उठाउन पाउने ठेक्का पाइसकेपछि बसपार्क भित्र प्रवेश नगरी सडकमा पार्किङ गरेर बस्ने रिक्सा चालक हरुलाइ आफू हरुले सिस्टममा आउनुस भनेर भन्दा बसपार्क भित्र कुनै रिक्सा प्रवेश नगर्ने गरेपछि आफ्नो कम्पनीले टीकापुर प्रमुख बसपार्क देखी सिटि बसपार्क तथा सत्ती बसपार्कको जिम्मेवारी पाएकोले आफुहरुले लिएको ठेक्काको नियम अनुसार नै रिक्सा चालक हरु बाट शुल्क अशुल्ने गरेको मीन रावलले मालिका समाचारलाई बताए।

बिज्ञापन
बिज्ञापन