बिश्व

पाकिस्तानको संसद् भंग
अब के हुन्छ ?

बिज्ञापन

इस्लामावाद । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार राष्ट्रियसभा भंग गरेका छन् । राष्ट्रपति अल्वीले संविधानको धारा ५८ अनुसार संसद् भंग गरेका हुन् ।

बिज्ञापन

यसअघि, आइतबार नै राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरानले संसद् विघटन गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । त्यसअघि, राष्ट्रियसभाका उपसभामुखले प्रधानमन्त्री इमरानविरुद्धको अविश्वासको प्रस्ताव संविधानको धारा ५ विपरीत भएको भन्दै खारेज गरिदिएका थिए ।

अब के हुन्छ ?
पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले राष्ट्रियसभाको विघटन भए पनि संविधानको धारा २२४ अन्तर्गत इमरानको सरकारले नै निरन्तरता पाउने बताएका छन् ।

निर्वाचन र उपनिर्वाचनसँग सम्बन्धित सो धारामा राष्ट्रियसभाको विघटनपछि राष्ट्रपतिले प्रधानमन्त्री र विपक्षी दलका नेतासँग परामर्श गरी कामचलाउ प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

अब ९० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ । त्यसको १४ दिन नकट्ने गरी निर्वाचनको अन्तिम नतिजा घोषणा गर्नुपर्नेछ । डनबाट ।

बिज्ञापन