June 4, 2023

मालिका समाचार

देशकाे ऐना

पालपामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

कार्तिक ,११
पालपामा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ।लुम्बिनी मेडिकल कलेजमा उपचार एक पुरुष र महिला गरि दुईको सोमबार राती मृत्यु भएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


दुर्घटना परेर अस्पतालमा ल्याइएकी ती महिलाको स्वाब परिक्षण गर्दा कोरोना देखिएको थियो ।उनमा कोरोनाका लक्षण पनि देखिएको अस्पतालले जनाएको छ।


रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गर्ने आएका ७४ वर्यीय पुरुषको सोमबार राती मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ अस्पतालका अनुसार ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो।

विज्ञापन

पुर्वखोला गाउँपालिकाकी ६९ वर्यीय महिलाको पनि सोमबार राती मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।


पालपामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ , भने ८सय ५८ जना निको भएका छ्न।