
त्रीलोचन देवकोटा
बैशाख २१ पुना प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिका पुर्ब सदस्य पदम खड़काले भारतभएको लामो लकडाउनका कारण समस्यामा परेका ७जना प्रवासी नेपाली हरुलाइ सहयोग गरेका हुन।


राज्य कोषाध्यक्ष मुकेश कुँवर तथा प्रवासी नेपाली संघ भारत पुना नगर समितिको विशेष पहलमा कोरोना भाइरसले विश्व आक्रात भएका बेला पुणे जिल्लामामा नेपाल सुदुरपश्चिम प्रदेश बैतडी जिल्ला,बसाइँसराइ आएका कैलाली जिल्ला घर भएका हाल पुणे जिल्ला मोरे बस्ती नाशिक फाटा रोड खेड़ बस्ने विक्रम मल्ल ,कविता मल्ल ,अमन मल्ल, अमृत तिलक भावना ऋतिक जोशी लगायत ७ जना लाई राहत सहयोग गरेका हुन।

सातै जनालाई गासबासको समस्या परेका बेला अछाम जिल्ला सांफे नगरपालिका वड़ा न १० संग्राम तोली हाल कैलाली धनगढ़ी क्याम्पस रोड बस्ने प्रवासी नेपाली संघ भारत पुना नगर समितिका पूर्व सदस्य रहेका खडका ले प्रवासी परिवारलाई खाद्यान्न लगायत मरमसला उपलब्ध गराएका छन।

प्रवासी नेपाली संघ भारत पुना नगर समितिले सहयोगी हात पदम खडकालाई हार्दिक धन्यवाद आभार व्यक्त गरेका छन।

अन्य समाचारहरु
प्रवासी नेपाली संघको सम्मेलन सम्पन्न अध्यक्षमा जनक खड्का
प्रवासी नेपाली संघ भारतको सम्मेलन १८ डिसेम्बरमा मुम्बईमा हुने
शबाना आजमी : जसले काठमाडौंका चिसो अभिनयलाई तताएर गइन् !