19/10/2021

मालिका समाचार

देशको ऐना

पतंजलि हरिद्वारमा भब्य तिज कार्यक्रम सम्पन्न ।

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

हेमन्त अधिकारी हरिद्वार ,बिश्व व्यापी रुपमा चर्चित रहेको योग तथा आयुर्वेद संस्था पतन्जली योग तथा आयुर्वेद अंतरगत हरिद्वारमा संचालित ‘हाम्रो स्वाभिमान ट्रष्ट’ले नेपाली महिलाहरूको बिशेष पर्व हरितालिका तीज महोत्सव २०७८ सम्पन्न गरेको छ ।

कार्यक्रममा स्वामी रामदेव तथा आचार्य बालकृष्णको प्रमुख अतिथ्यतामा भारतको उत्तराखण्ड हरिद्वारमा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरूको पनि उपस्थिति रहेको थियो जसमा दीपा नारायण झा, बद्रि पंगेनी, मन्जु पौडेल र जुनु गौतम लगायतले आ आफ्नो प्रस्तुतिसहित प्रस्तुत गरेका थिए।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

महिला दिदिबहिनीहरु ले तिज नाच गर्दै रमाईलो गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुको साथ-साथै हाम्रो स्वाभिमान संस्थाका सदस्य मीनु भुसाल टीम पतन्जली योग द्वारा “नृत्य प्रस्तुति “राखेका थिए ।

हरितालिका तीजको पर्वको महत्त्व लाई वर्णन गर्दै दिँदै आचार्य श्रीबालकृष्ण ले भने, ‘देशको र राजनीतिको एउटा निश्चित सिमा हुन सक्छ तर संस्कृतिको पर्व तथा धर्मको कुनै निश्चित सिमा हुँदैन । हामी नेपाली भाषा बोल्ने हरु विश्वको जूनसुकै कुनामा रहे पनि हामी सबै नेपाली हौ र हामी जति जहाँ फैलिये पनि आफ्नो पृष्ठभुमि सित विमुख हुन हुदैन ।त्यसै गरि कार्यक्रम बाबा रामदेवले पनि आफ्नो धारणा राख्दै भन्नु भयो ;जब सम्म हर मनुष्य संग योग र संगीतको मिश्रण हुन्छ । तब मनमा शान्ति, आनन्द र सन्तुष्टि मिल्छ’ ।

यस्तै कार्यक्रममा एनभीआइ न्युजका संचालक हेमन्तअधिकारी तथा वहाको टीम मुकेश भट्टराई आदित्य अधिकारी,नेशनल लाइव टीवीबाट देवेन्द्र कुँवर, लोकेश शाह ,लोकांतर न्यूज़ बाट दिलीप भुसाल, एवरेस्ट चेम्बर ऑफ कॉमर्स संस्था बाट युबराज बराल, चिरंजीवी मरासिनी, राम नेपाल ,प्रभु मनीट्रान्सफर बाट मित्र घिमिरे ,लेपाली संस्कृति परिसद संस्थाबाट अशोक चौरासीया, नेपाली जनसंपर्क समितिका केन्द्रीय सदस्य प्रमोद खरेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको सहभागीता रहेको थियो ।

यस्तै हाम्रो स्वाभिमान संस्थाबाट साध्वी देवादिती, साध्वी देवविजिया, डा. मोहन कार्की, देवेन्द्र दत्त राहुल कुँवर,भूपेन्द्र बस्नेत, रमेश बस्नेत, उमेश योगा ,रतन मल्ल, घनश्याम शर्मा, अर्जुन भण्डारी, तेज़राम न्यूपाने, ललिता दत्त, अंजू मल्ल,मीनु भुसाल, रमेश योगा,
मेरठ, दिल्ली,उत्तराखण्ड लगायत भारत का सम्पूर्ण टीम कार्यक्रम मा सहभागी भएको थियो कार्यक्रमको संचालन संस्था का केन्द्रीय सदस्य वेद प्रकाश शर्मा तथा अंजू मल्ल ले गरेका थिए ।

ट्रष्टले भारतमा रहेका नेपाली भाषी भारतीय गोर्खाली तथा प्रवासी नेपालीहरूका लागि मुख्य रुपमा सामाजिक,धार्मिक, सास्कृतिक लाई प्रोत्साहन गर्दै यसको वृद्धि विकास गर्न यस्ता विभिन्न कार्यक्रम हरु गर्दै आइरहेको छ ।

विज्ञापन