08/12/2021

मालिका समाचार

देशको ऐना

पतंजली योगका लागी नेपालमा जग्गा उपलब्ध हुन्छ :प्रधानमन्त्री शेरबहादुर देउवा

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ :पतंजली योग पीठलाई आयुर्वेदालय तथा आस्था चैनलको निम्ति नेपालमा जग्गा उपलब्ध गराउने प्रधानमन्त्री शेर बहादुर देउवाले बताउनु भएको छ।

शुक्रवार पतंजलि योगपिठ नेपाल द्वारा आयोजित कार्यक्रममा स्वामी रामदेव बाबा तथा बालकृष्ण आचार्यको टोलि ५दिने काठमाडौ भ्रमणमा रहेको समय भएको कार्यक्रममा बोल्दै मप्रधानमन्त्री शेर ब देउवाले पतंजलीमार्फत रामदेव बाबाले बिश्वमा योगको प्रचार प्रसार गरि राम्रो काम गरेकोले नेपालमा पनि बाबा रामदेवर बालकृष्ण आचार्यको संयुक्त सस्था पतंजलीलाई आवस्यक पर्ने जग्गा नेपाल सरकारले उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भएको छ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

यस अघि बाबा रामदेवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड “पत्नी सीता दाहालको अवस्था बुझ्न् खुमटार स्थिति प्रचण्ड निवासमा पुग्नु भएको थियो बालकृष्ण आचार्य सहित रहेको उक्त टोलिले लामो समय देखि बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेटेर स्वास्थ लाभको कामना गरेर फर्केका थिए ।
केहि बर्ष पहिले सीता दाहाल बिरामी हुदा पतंजली योग पिठ हरिद्वारमै पुगि उपचारको पनि गराइएको प्रचण्ड निकट एक स्रोतले मालीका मालीका समाचारलाई जानकारी दिए।

नेपालमा “आस्था” टीभी चैनलको उद्घाटनको उदेश्यले बाबा राम देव र बालकृष्ण आचार्य नेपाल आइसके पछि नेपाल सरकारले उनको सम्मान गरेको छ। प्रधानमन्त्री देउवाले बाबा रामदेवले नेपाल लाई जहिले पनि माया गर्न गरेको बताउनुभयो त्यसैगरी पुर्ब प्रधानमन्त्री तथा नेकपा माओवादी (केन्द्र) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बाबा रामदेव क्रान्तिकारी रहेको बताएका छन ।

आफुले बाबा रामदेवलाई क्रान्तिकारी रहेको प्रमाण पाएको पनि दाहाललेले बोल्ने क्रममा आफ्नो धारण राख्नुभएको
उक्त कार्यक्रममा ऋषि पतन्जली नेपालमा जन्मेको कुरा भने कसैले उठाएनन नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली को उक्त कार्यक्रममा उपस्थिति नदीखिए पनि यस अधि ओली नेतृत्वको सरकारले पतंजली महऋषि मात्रै नभई राम समेत नेपालमा जन्मेको कुरा उठाउदै चितवनको माडीमा प्रतिमा स्थापना समेत गरि राम जन्मभूमिको पहिचान बनासकेको छ

विज्ञापन