आस्था /आध्यात्म

पतञ्जली टीकापुरको अध्यक्षमा जैशी

बिज्ञापन

टीकापुर १६ जेठ, पतञ्जली योग नगर समिती टीकापुरको अध्यक्षमा योग प्रशिक्षक छबिलाल जैशी निर्वाचित हुनुभएको छ ।

सोमबार टीकापुर १ स्थित पतञ्जली योग साधनाकेन्द्र समितीपुरको सभाहलमा भएको टीकापुर नगर क्षेत्रमा रहेका योग शिक्षकहरुको भेलाले जैशीलाई आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत् निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितीमा महिला अध्यक्ष तर्फ कल्पनादेवि जैशी निर्वाचित हुनुभएको छ । त्यसैगरी महामन्त्रिमा ज्ञानु पौडेल, कोषाध्यक्षमा उपेन्द्र प्रसाद खनाल र सहमहामन्त्रीमा गौरी शंकर उपाध्याय निर्वाचित हुनुभएको छ । योग केन्द्र प्रमुखहरु पदेन सदस्य रहनेगरी निर्वाचित अन्य ७ सदस्यीय समितीमा दुर्गा पौडेल र कृष्ण बुढा सदस्य रहनुभएको छ ।

नव निर्वाचित अध्यक्ष छविलाल जैशी

निवर्तमान नगर अध्यक्ष बाशुदेव बज्गाईको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समिती कैलालीका उपाध्यक्ष खडानन्द सापकोटा प्रमुख अतिथि रहनुभएको थियो । भने पतञ्जली योग सुदूरपश्चिम प्रदेश समिती सदस्य तारा खरेल विशिष्ट अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि लगायत अतिथि हरु

कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि सापकोटाले टीकापुर क्षेत्रमा योग जागरण अभियानलाई थप प्रभावकारी बनाउन योग शिविर संचालन लगायतका गतिविधि बढाउन सुझाव दिनुभयो । कार्यक्रममा पतञ्जली योग नगर समिती अन्तरगत संचालित विभिन्न योग केन्द्रका संचालकहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा समितीपुर योग साधनाकेन्द्र संचालक छबिलाल जैशी, राधाकृष्ण मन्दिर योग साधनाकेन्द्र संचालक उपेन्द्र प्रसाद खनाल, मालिका टोल योग साधाना केन्द्र संचालक शालिग्राम शर्मा र कैलाशेश्वर शिवमन्दिर योग साधना केन्द्र संचालक मुक्तिनाथ रेग्मी रहनुभएको छ ।

बिज्ञापन
उपस्थिति योग साधक /साधिका हरु

भेलाले आगामी दिनमा योगका गतिविधिहरुलाई व्यापक रुपमा प्रचारप्रसार सहित निरन्तरता दिन कम्तीमा पनि एक वडामा एक वृहद योग विज्ञान शिविरको आयोजना गर्ने लगायतका निर्णयहरु समेत गरेको छ ।

योग शिक्षक जगत कुमारी जैशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कैलाली जिल्ला पूर्व महामन्त्रि सर्वनन्द चपाई, कल्पनादेवि जैशी, दुर्गा पौडेल, नृपराज भण्डारी, लाल बहादुर सावद लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम छबिलाल जैशीले संचालन गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन