20/10/2021

मालिका समाचार

देशको ऐना

इन्धनमा मुल्य वृद्धि पेट्रोल प्रतिलिटर १२९ पुग्यो

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

२२ असार, काठमाडौ नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य वृद्धि भय संगै पेट्रोलको मुल्य प्रतिलिटर १२९पुगेको छ। यो मुल्य वृद्धि संगै दुइसातामा दुइ पटक बढेको हो ।

असार १० गते भएको मुल्य वृद्धिमा राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । आज बाट फेरि प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ मुल्य निरधारण गरेको छ । डिजेल/मटितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

साथै निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य पनि बढाएको छ। यसअघि समायोजन भएको १३ दिनमै पेट्रोलियम पदार्थको मूल्य बढेको हो।
भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ। त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ। 

अब प्रतिकिलोलिटर अमेरिकी डलर ७५४ कायम भएको छ। एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्नेछ।

विज्ञापन