लेख

दिगो शान्ति पनि नहुने राजनीति स्थायित्व सुशासन पनि नआउने परिवर्तनको के अर्थ रह्यो र ?

बिज्ञापन

अहिले तिहारमा केटाकेटीले पट्का पट्काउँदा देशको  शान्तिसुरक्षा अमनचयन खल्बलिने,देऊसी भैलो गीत गाउँदा  पनि सरकारको आलोचना मान्ने ,राज्य विरुद्धको गतिविधि हुने भयो । हिजो एम्बुसमा यात्रुवाहक बस पार्दा शान्ति सुरक्षा नखलबलिने? बहुविवाह गरेकाको लिङ्ग छेद्न भए । आज चार जोईका पोइ यिनै छन् । साना बालबालिका पढ्ने बिधालयमा बम पडकाउँदा शान्तिसुरक्षा कस्तो भयो होला,कस्तो थियोे होला ? ती नानीबाबु हरुको दिमागमा मनोबैज्ञानिक असर कस्तो असार पर्‍यो होला । कापी कलम समात्ने कलिला हातमा बन्दुक थमाउदा कस्तो महसुस गरे होलान् ? बिधालयमा कक्षा पढाई गरिरहेका बालबालिकालाई धम्क्याएर बन्दुक बोकेको मानिसले भित्र प्रवेश गर्दा,नाबालक बालबालिकाहरुलाई जबर्जस्ति युद्धमा लगाउदा,शिक्षकलाई सुराकी गर्‍यो,भनेर रुखमा झुन्डयाएर दानवीय क्रूर तरिकाले हत्या गर्दा मार्दा देशमा शान्तिसुरक्षा नखलबलिने ? आफै देशका जनताका छोराछोरी जो सुरक्षाकर्मी माथी सुतेको बेला आक्रमण गर्दा सयौं सुरक्षाकार्मी मार्ने अनि जितेको दानवीय  दाबीसमेतनगर्नेहरू अहिले ठूला शान्ति सुरक्षाका कुरा गर्दा अप्ठ्यारो लाग्दैन होला कि ? तिनैलाई सलाम ठोक्दै छन् ।      
विसं २०५८ जेठ १९ गते शुक्रबार राति राजदरबार हत्याकाण्ड हुँदा उल्टै मृतक राजकुमार दिपेन्द्रलाई हत्याको आरोप लगाइयो । यस्तो आरोप दुनियाँमा लगाउँदा कस्तो महसुस भयो होला ? राजा वीरेन्द्रको वंश विनाश पछि राजा बन्नु पुगेका राजाको रोलक्रममा नभएका ज्ञानेन्द्र राजा बन्न पुगे । राजा भएका मान्छेलाइ मुर्ति चोर, भाइमारा भनेर कसैले देशमा नारा लगाउदै गर्दा तत्कालीन राजालाई कस्तो महसुस भयो होला ? राजतन्त्रको पालामा बोल्न मिल्दैन भन्थे नचाहिने आरोप लगाउदा पो बोल्न प्रतिबन्ध लगाइने रहेछ । त्यतिबेलाको शान्ति कस्तो थियोे होला ? ज्ञानेन्द्र राजा हुँदै गर्दा राजगद्दीमा बसाउने दाम चढाउने मानिसको ताती पनि देखिएकै हो । राजदरबार हत्याकाण्ड कसरी घट्न गयो । वास्तविक हत्यारा को थियोे । तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूले सत्ता हत्याउने समयमा त्यसको निष्पक्ष छानबिन गरेर दोषीलाई सजाय दिन सक्नुपर्थ्यो । त्यत्रो हत्याकाण्ड गर्नेले भोलि आफ्नो पनि हत्या गर्ना भन्ने सम्म सोच्न नसक्नु यो राजा ज्ञानेन्द्रको ठूलो कमजोरी थियोे,भूल थियोे ।

सरकारले यता देशमा संकटकाल लगाउने,उता जनतालाई अभियान मा जानुपर्ने उर्दी जारी गर्ने सशस्त्र युद्धरत माओवादी नजानेलाई भौतिक कारबाही गर्ने वातावरणले गाउँगाउँमा कस्तो शान्तिसुरक्षा थियो होला ? चेपाउमा जनता राज्य पक्ष बाट पनि विद्रोही पक्षको पनि । दुबै पक्षको चेपाउमा जनता जताबाट पनि मर्ने र मारिने नेपाली जनता थिए,छन । गाउँमा उर्दी जारी हुन्थ्यो  अभियानबाट फर्कने नफर्कने कुनै ठेगान थिएन । गाउँमा क्रान्तिकारी आउँदा भएपनि नभएपनि  जसरी पनि खाना खुवानु नै पर्ने बाध्यकारी,चन्दा पनि तोके अनुसार दिनुपर्ने नदिए……।  कति विस्थापित भए भए,भनी लेखी साध्य छैन । जन आन्दोलन २०६२।६३को सफलता पछि भएको शान्ति सम्झौताको जगमा नेपालमा शान्ति स्थापन भयो  । शान्ति सम्झौता भएको यतिका वर्ष बितिसक्यो झन्डै १५ वर्ष पुग्यो । शान्ति सम्झौता ओझेलमा पार्नु भनेको राजा ज्ञानेन्द्रले राजदरबार हत्याकाण्ड को छानबिन नगर्दा नेपालमा शाहवंशीय राजतन्त्रको नै अन्त हुन पुग्यो । त्यस्तै तत्कालीन विद्रोही पक्ष अहिले सरकारी पक्ष भएको छ । द्वन्द्वका घाउ अझैसम्म पुरिएका छैनन् । बेपत्ता सम्बन्धी सत्यनिरूपण तथा मेलमिलाप आयोगले अझै आफ्नो काम पूरा गरेको छैन । जनयुद्धमा युद्ध अपराध गर्ने अमानवीय मानव अधिकारको गम्भीर अपराध गरेकालाई त्यसैले छुट दिन पाइदैन । अन्यायमा परेकालाई न्याय दिनुपर्छ । कोही प्रधानमन्त्री सभामुख मन्त्री सांसद हुँदैमा गरेका अपराध त्यसै दोषमुक्त हुन सक्दैनन् । अन्तर्राष्ट्रिय अदालतले नजिकैबा नियालेर हेरिरहेको छ । अनमिनको आगमन त्यसै भएको होईन ।       नेपाली जनतालाई शान्ति चाहिन्छ हो । त्यो शान्तिको लागि तत्कालीन आतंककारीलाई भोट दिएका हुन । आतंककारी भनेको आरोप होइन, गरेका कामले दिएको संज्ञा मात्रै हो, दु:ख नमान्नु होला, कर्मको नाम हो । जस्तो उदाहरणका लागि निकुञ्ज छेउछाउमा हुने हात्ती आतंक,जंगलको छेउछाउ हुने बादरमुढे,भुजेल,बादर आतंक,बदेल आतंक आदि आदि । यो आतंककारी त्यति नराम्रो शब्द चाहिँ होइन,चलन चल्तिकै हो । जनयुद्ध कालमा गाउँ घरमा तास खेल्ने भेट्टायो भने तास खेल्नेको मुखमा तास कोच्ने, हातखुट्टा भाँच्ने,मरनासन्न हुनेगरी कुटपिट गर्ने,हातका औंला काट्ने गरिन्थ्यो । अहिले तिनै  काठमाडौमा क्यासिनोका मालिक वा गजबको ! आतंककारी गतिविधिमा संलग्नसँग  मिलोमतो गर्ने पनि मतियार हुन । आज जनताको ती लाल सेना कहाँ छन्,के गर्दैछन् ? तर तिनीहरुलाई ढाल बनाएर नेतृत्व गर्नेहरू आज कहाँ छन् , के गर्दैछन् स्पष्ट छ ।

किन भने पशुपतिका बादरले गल्ती गरे पनि सहन गरेर हिंड्नुपर्छ, सक्न त हात्तीको पनि शिकार गर्न सकिन्छ तर जंगली जनावरको शिकार गर्न मार्न कानूनले दिदैंन,बन्देज छ ।तर तस्करहरु जंगली जनावरको शिकार गर्न छोड्दैनन । बाघ मृग भालु हात्तिका अस्थिपन्जरहरुको अवैध चोरी निकासी पैठारी भएकै हुन्छ । आफ्नो भोक मेटाउने अर्काको हत्या गर्नेलाई शिकारी भन्छन् । शिकारीलाई शिकार चोरलाई चोर ड्राइभरलाई ड्राइभर हत्याहिंसा गर्नेलाई हत्यारा आतंक फैलाउनेलाई आतंककारी नै भनिन्छ । नेपाली जनता शान्तिप्रिय हुन,जनता सबैखाले आतंकबाट छुटकारा पाउला चाहन्छन् । सबैखाले,उत्पीडन भेदभावरहित समुन्नत लोककल्याणकारी राज्य,अन्याय र अत्याचारको अन्त गर्न चाहन्छन् । नेपाली जनताको युग देखि भोग्दै आएको प्रमुख शत्रु गरिबी,अशिक्षा राज्यको असमान नजर,अभाव सधैंका लागि अन्त गर्दै शान्त स्वतन्त्र स्वाधीनअभिभाज्य अधिराज्यको स्थापनाको साथै लोकतान्त्रिक नागरिकको सरकार स्थापना होस् , भन्ने चाहन्थे । आशा पनि भरोसा पनि विश्वास जेपरेपर्ला भनेर भोट चाहिँ डरले दिएको पक्कै हो ।

त्यो सदुपयोग हुनुपर्ने हौसिएर राम्रो गर्नुपर्ने आफूलाई सच्चिने मौका थियो, त्यसो भएन, कुकुरलाई घ्यू पच्दैन,त्यसको पुच्छर पनि बाङ्गै हुन्छ,निर्थक भए,निकम्मा भए,फेल खाए हावा खाए । अहिले कोहि कतै कोहि कतै पसे पस्दै छन् ,विलय हुँदैछन् , आत्मसमर्पण गर्दैछन् ,गरेका कुकर्मको ढाकछोप गर्दैछन् , निमिट्यान्न हुँदैछन् नाङ्गिदैछन् , डाइनोसोर हुँदैछन् । पिठ्युँ पछाडिबाट कसैलाई मार्नु ठूलो कुरा होइन, त्यो क्रान्ति पनि होइन,अमानवीय क्रूर आतंक हो, हत्या थियोे । बचाउनु बाच्ने वातावरण सिर्जना गर्नु जनताको मन जितेर शासन गर्नु अनि आमनागरिकको जीवन स्तरमा सकारात्मक फेरबदल ल्याउनु देशलाई विकसित समृद्धि गर्नु पो क्रान्ति हो । त्यो क्रान्तिको उदेश्य राम्रो थियो भने अरु पो त्यसमा समाहित हुनुपर्ने अहिले आएर भागाभाग,अर्कोमा मिश्रण हुँदा विलय हुदा ठीक रहेनछ भन्नेमा दुईमत रहेन।

बिज्ञापन

गरिब,किसान,मजदुर,दलित,विपन्न,आदिवासी,क्षेत्री,बाहुन सबैका जनताका छोराछोरीलाई पढ्ने बेला पढ्न दिएन । यस्तो बुर्जुवा शिक्षा पढेर कामै छैन । हामी त बैज्ञानिक जनवादी शिक्षा संस्कृति लागू गर्छौ भन्दै अबोध बालबालिकाहरुलाई लालसेना बनाइयो । प्रलोभनमा पार्‍यो, भ्रममा पार्‍यो, बाध्य पार्‍यो,धम्की दियो, रहनखान दिएन, मानिसले आफ्नो थाक थलो छोड्न बाध्य पारियो । देशमा अत्याचार मच्चाइयो, आर्थिकसामाजिक जीवन जर्जर हुनपुग्यो,जसको कारण देश ५० वर्ष पछि धकेलिएको स्पष्टै छ । अहिले उही ढ्याडे उहीँ फ्यान्नो । ठूल्ठूला तस्करी यिनै गर्ने,ठेकादार यिनै,भू माफिया यिनै, बोर्डिङ स्कुल चलाउने यिनै,निजि अस्पताल यिनैको, युद्धमा लुटेको,लुकाएको धन सम्पत्ति बाल्न अहिले देखिन्छन् । ती लालसेना को बिचल्ली कोही मरे कोही लापत्ता भए, कोही घाइते छन् , कोही घाट न घरको भएका छन् , आज सहिदको आत्मा अशान्ति होला,बाचेकाहरु बिचल्लीमा छन् ।

राजा बिनाको देश कस्तो हुन्छ होला यो कौतुहलता २०५८ जेठ  २० गते बिहानै नेपाली जनताले सोचिरएका थिए । तीन करोड नेपालीको आँखामा आँसुका धारा बगेका थिए । नेपालीको घर आँगनमा शुन्यता छाएको थियोे । आम नागरिकहरूको निद्रा चयन र भोग हरायो ।आफ्ना प्रिय राजपरिवारको हत्या हुँदा कसको मन दुखेन होला कसका आँखामा आँसुका धारा बगेन होलान् ? संचार माध्यमद्वारा समवेदना धुन मात्रै बजाइरहेका थिए । अब के होला कस्तो होला भन्ने आम चासो थियोे । ज्ञानेन्द्र शाह राजा हुन पुगे । शाहवंशीय परम्परामा राजा महेन्द्रका माइला छोरा हुन ज्ञानेन्द्र शाह । शाहवंशीय परम्परा छोरामा जेठो सन्तान राजा हुने परम्पराले जेठोको मृत्यु पश्चात् राजा हुन पुगे । छानीछानी राजा वीरेन्द्र र युवराज धिरेन्द्रको परिवारको हत्या भयो । बाँचेकी धिरेन्द्रकी स्वास्नीलाई रारा तालमा लगेर हेलिकप्टर दुर्घटना पारेर मारियो ।

हुन भारतमा महात्मा गान्धीको हत्या भयो । सारा हिन्दुस्तानी  भारतबासी महात्मा गान्धीलाई राष्ट्र पिता भनेर सम्मान गर्छन् । पनि तिनै महात्मा गान्धीको गोली हानेर हत्या भयो । सादगी जीवन जीउने गान्धी एक आदर्शवादी मानवतावादी नेताको रुपमा आज विश्वले चिन्ने गर्छन् । त्यस्तै नेपालमा भएको राजदरबार हत्याकाण्ड अकल्पनीय घटनाको रुपमा लिन सकिन्छ । लगभग ३ हजार सैनिकको पहरामा बस्ने नेपालीका लोकप्रिय राजा वीरेन्द्रको उहाँको राजपरिवार जेठ १९ को अकल्पनीय हत्याकाण्ड हुन पुग्यो । नेपाली जनताले उक्त राजदरबार हत्याकाण्ड ठूलो षड्यन्त्रपूर्ण थियोे । जसको अझैसम्म उक्त घटनाको सत्यतथ्य कुरा बाहिर नआएको कुरा आम नागरिकमा उकुसमुकुस असन्तुष्टि कायमै छ । अहिले साच्चै नागरिकको सरकार दुईतिहाइको हुँदो हो, भने यी विभत्स, कायरतापूर्ण राजदरबार हत्याकाको स्वतन्त्र छानबिन गरेको उक्त घटनाको  सत्यतथ्य कुरा बाहिर ल्याउन सक्नुपर्ने थियोे ।
अर्को कुरा  तत्कालीन नेकपा एमालेका महासचिव क. स्वर्गीय  मदनकुमार भण्डारीको चितवनको दास ढुङ्गामा भएको कार दुर्घटना परी ज्यान गएको थियोे । त्यो दुर्घटना थिएन,उक्त घटना हत्या षड्यन्त्रपूर्ण ,नियोजित षड्यन्त्रपूर्ण हत्या थियो, भन्ने आम बुझाइ छ । अहिलेको साच्चै  बहुमतको नागरिकको लोकतान्त्रिक सरकार हो भने यी दुई घटना लगायत जनयुद्ध जन आन्दोलन मधेस थारू आदिवासी जनजाति लगायतका आन्दोलनका घाइते अपाङ्गहरुको नि:शुल्क उपचार राहत क्षतिपूर्ति दोषीलाई कार्वाही निर्दोषलाई न्याय नदिए सम्म शान्ति निष्कर्षमा पुग्यो भन्न उपयुक्त नहोला । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा नपुर्‍याए सम्म शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्यो भन्न मिल्दैन । बेपत्ताहरुको स्थित अझै अज्ञात छ । बेपत्ताका आफन्त आफ्नो मान्छे आउने आश आशमै रातदिन आँसुको नदि बगाइरहेका छन् । हिजो लुटिएका धन सम्पत्तिको क्षतिपूर्ति पाएका छैनन् ।

सशस्त्र जनयुद्धको समयमा घटेका मानव अधिकार हनन, जघन्य अपराध, युद्ध अपराध मुद्दा रुपण गर्ने भनी सत्यनिरूपण तथा मेलमिलाप आयोगको प्रतिवेदन अझैसम्म  बुझाएको छैन । सत्यनिरूपण तथा बेपत्तासम्बन्धी बनेका आयोगले आफ्नो कार्यभार पुरा गरेर दिएको सुझावलाई सरकारले अक्षरस कार्यनयन गर्नुपर्ने हुन्छ,तर शंका छ,त्यसैले ढिलासुस्ती भएको देखिन्छ । जनयुद्ध गर्ने तत्कालीन माओवादी आज छिन्नभिन्न छ । कोहि कतै कोहि कतै छिरेका छन् । आज सरकार पनि माओवादी मिश्रित सरकार छ । उतिबेलाको विद्रोही पक्ष र  राज्य पक्ष एउटै झन्डा मुनि  छन् ,सत्ताधारी एउटै पार्टीको रुपमा छन्  (एमाले र माओवाद ) । यसलाई अन्तर्राष्ट्रिय समुदायले यसलाई उत्सुकतापूर्ण चासोको रुपमा नजिकैबाट हेरिरहेका छन् ।आज राज्यका  निकायहरू तिनीहरु कब्जामा छन् । दबाबमा छन् प्रलोभनमा पारिएका छन् , निष्पक्ष होला भन्ने विश्वास घट्दै गएको छ । कानून हातमा लिने राज्यका निकायहरू निकम्मा सावित गर्ने कोसिस भैरहेको कुरा स्पष्ट देख्न महसुस गर्न सकिन्छ ।                             भरत बहादुर बिष्टटीकापुर १ कैलाली ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply