काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेएर पठाएको छ ।
विज्ञापन

अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको हो । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।
‘पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ, नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ४ अर्ब ६९ करोड नोक्सान छ ।’निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले भने ।
विज्ञापन

यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।
अन्य समाचारहरु
नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
टिकटक बनाउनेमाथि कडा निगरानी
प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै