अर्थ

भारतबाट साढे ६ रुपैयाँ बढेर आयो पेट्रोलको मूल्य

बिज्ञापन

भारतबाट पेट्रोलमा ६.५२ रुपैयाँ बढेर आएको छ । नेपाल आयल निगमले बिहीवार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको हो । 

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेलमा १९.३ रुपैयाँ र हवाई इन्धनमा १९.९१ रुपैयाँ मूल्य बढेर आएको छ ।

भारतबाट मूल्य बढेर आएपनि निगमलाई पेट्रोलमा ३१.२८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । 

यस्तै डिजेलमा ३७.१६ रुपैयाँ घाटा भएको छ भने हवाइ इन्धन (आन्तरिक)मा २.७०) रुपैयाँ घाटा हुने निगमको भनाइ छ । 

बिज्ञापन

निगमका अनुसार आगामी १५ दिनमा करीब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने देखिएको छ । 

बिज्ञापन
बिज्ञापन