June 5, 2023

मालिका समाचार

देशकाे ऐना

एकता बचत तथा रिण सहकारी सस्थाले गर्‍यो वृक्षरोपण

टीकापुर २७ भदौ
टीकापुर नगरपालिका वडानम्बर ५ स्थित टीकापुर नरसरी बनकट्टीमा एकता बचत तथा रिण सहकारी सस्थाको आयोजनामा वृक्ष रोपण कार्यक्रम भएको हो।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

झपट बुढाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन रविन्द्र बिष्टले गरेका थिए भने प्रमुख अतिथि
सुदुर पश्चिम प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावल रहनु भएको थियो भने विशिष्ट अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल रहनु भएको थियोे ।

सस्थका अध्यक्ष अध्यक्ष झपट बुढाको व्ह? भएको उक्त कार्यक्रमको प्रमुख अतिथि तथा विशिष्ट अतिथिले सयुक्त वृक्षारोपण गरि उद्घाटन गर्नुभएको हो सिसम लिप्टिस, खैर, डाले घास ,बोट लगायतका तीन हजार एक सय बिरुवा रोपिएका थिए उक्त कार्यक्रम लगभग दुई घण्टा चलेको थियो ।

विज्ञापन

प्रमुख अतिथि रावलले आफ्नो धारणा राख्दै टीकापुर क्षेत्र नदिकटानको उच्च जोखिममा रहेको हुदा कर्णाली नदि किनार बाट ढुङ्गा ,माटो ,बालुवा, अबैध उत्खनन गर्ने जोकोही लाई कार्वाहीको दायरामा ल्याउदै यो क्षेत्रका निर्मित सबै संरचना संगै जनताका घर, खेत , सुरक्षीत राख्न सरकारको ध्यानाकर्षण गराउनु भएको
प्र स नि वीर बहादुर कठायत सहितको सुरक्षा टिमको पनि उपस्थित थियो ।

भिडियो सहितको रिपोर्ट

कार्यक्रममा उपस्थित सबैलाई ,एल बि बुढाले मन्तब्री द्वारा स्वागत थिए वडा अध्यक्ष राम शंकर डगौरा थारु ,राप्रपा नेपाल क्षेत्रीय अध्यक्ष मान सिंह साउद लगायतका अतिथि हरुले मन्तव्य राख्नु भएको थियो ।