कृषि

बेलामा पोखराका किसानले पाएनन,मल ,उत्पादन घट्ने चिन्ता

बिज्ञापन


श्रावण, ३०
बेलामा पोखराका किसानले पाएनन मल
लेखनाथको फाटमा रोपेको केही समयपछि असार २६ गते आएको बाढीले खेतमा सिचांइ गर्ने नहर भत्काइ दियो तर दिनहुुँ परिरहेको पानीले धानलाई त्यतिसारो असर गरेन ।

त्यस पछि किसानको श्रमदान र महानगरको प्रयासबाट २८ दिन लगाएर नहर मर्मत भयो । अहिले पौडेल धान गोड्दै छन । यसरी गोडेको खेतमा युरिया मल हाल्नुपर्छ । यसका लागि प्रती रोपनी १ बोरा युरिया मल चहिन्छ । तर पौडेलले मल हाल्न पाएका छैनन्
जसका कारण पौडेललाई उत्पादन घटने चिन्ता बढन थालेको छ। गतवर्ष उनले १० रोपनी खेतबाट २८ मुरी धान फलाएका थिए अहिले भने आफनो र सामुहिक रूपमा रोपेको खेतबाट अघिल्लो वर्षझै उब्जनी नहुने डर उनले पाइसकेका छन ।

धानका लागि मल हाल्ने सबभन्दा महत्वपूर्ण समय यही हो । किसानले प्रया: रोप्ने बेला र गोडेपछी मल हाल्छ्न । रोप्ने बेलाभन्दा पनि गोडेने बेला मल अनिवार्य हाल्नुपर्ने महानगरका कृषि प्रमुख कडरियाले बताए ।
मल हालेको धान हरियो भएर आउँछ नहालेको पहेलो हुँदै जान्छ ।उनले भने मल हाल्न नपाएकै कारण यश वर्ष धान उत्पादन हुन पनि आउने भयो।

यस वर्ष धान उत्पादन बढ्नु पर्ने हो। समयमै पानी परेको र किसानले समयमै धान रोपेकाले मात्र होइन ।यस वर्ष खेती गरेको क्षेत्र पनि बढेको छ ।पोखरा महानगर भरी ११ हजार २ सय हेक्टर जमिन मा धान खेती गरिन्छ। जसले करिब १०% बढी जमिनमा यश वर्ष धान रोपिएको कडरियाल ले बताए।यश हिसाबले धानको उत्पादन बढ्नु पर्ने भएपनी मल हाल्न नपाएको कारण उत्पादन घट्ने उनले आशङ्का गरे ।प्राकृतिक प्रकोप ,बाढी, पहिरो वा खडेरिले भन्दा पनि सरकारले मल उपलब्ध गराउन नसक्दा उत्पादन घट्ने अवस्था आएको लेखनाथ का किसान पौडेलले बताए ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन

Leave a Reply