लेख

राजनीति समाज सेवामुखी हुनुपर्नेमा व्यापारी करण किन?

बिज्ञापन


राजनीति भन्ने बित्तिकै देश जनता समाज लाई उज्यालो मार्ग तिर लैजाने बिकास निकास समृद्धिका मुल फुटाउने उदेश्यले गर्नु पर्ने भुमिका हो ।
यसको निम्ति देश र जनताको ठुलो लगानी लागेको हुन्छ जनताको छोराछोरी ले ज्यान गुमाएका हुन्छन राजनीतिमा प्रारम्भिक रुपमा इमानदार जस्तो देखाइ जनतालाई झुक्याएर आफ्नो बनाउने जनताले मत दिएर पठाइ सकेपछि बिगतमा आफु र आफ्नो पार्टीले गरेका प्रतिबद्धता हरुको वास्ता नगरी नितान्त व्याक्तिगत सेवा सुबिधा संगै आर्थिक वृद्धि गर्ने लाग्ने हुनाले नै राजनीतिमा जनता हरुको बिस्वस्नियता घटेको हो।

पद पावर पैसा अङ्ग्रेजी भाषामा भन्दा ३ पिले त्यो भोगी ब्याक्तिलाई अहंकार बढाएको हुन्छ त्यो अहंकारले नै जनताले भरोसा गरेका ब्याक्ति हरु कोहि दलाली गरिरहेका हुन्छन कोहि दलालको चाकरी गरिरहेका हुन्छन् देशमा गोकर्ण बिष्ट जस्तो मन्त्री र कुलमान घिसिङ जस्तो कर्मचारीले आफ्नो जिम्मेवारी बाट बाहिरीनु परेको जनताले टुलुटुलु हेरेर बस्नु परेको हुन्छ ।

हरेक बस्तुका दुइटा पाटा हरु हुन्छन सकारात्मक नकारात्मक ठिक त्यस्तै बस्तु तथा पद को प्रयोगमा पनि सदुपयोग र दुरुपयोग हुने गर्दछ सदुपयोग गर्नाले परिणाम सकारात्मक आउदछ भने दुरुपयोग गर्नाले परिणाम नकारात्मक आउदछ । परिणाम आउने समय सकारात्मकको ढिलो हुन्छ भने नकारात्मकको चाडो हुन्छ ।
केहि स्वार्थमा लिप्त ब्याक्ति हरुका कारण स्वच्छ छवि भएका व्याक्ती हरु पनि बदनाम हुने गर्दछ्न ।

सरकारले गरिरहेका काम हरुलाइ जनताको अपनत्व हुनुपर्छ । मानव समाजलाई विकास निकास समृद्धिको बाटोमा लैजाने यो यात्रामा छली, कपटी, व्याक्ती हरुका व्याक्तीगत स्वार्थ पुर्ति गर्ने उद्देश्यले सिङ्गो पवित्र यात्रा बदनाम हुदै गएको छ ।

इमानदार सोझो ब्याक्तीलाई खुरापती राजनीतिले बगरको ढुङ्गा बनाउने गरेको छ राजनीतिमा पार्टीका नाम जे पनि हुन सक्छन तर त्यो भित्रका कर्म गर्ने व्याक्ती हरु त्यो लाई संचालन गर्ने ब्याक्ती हरुका नियत हरु सहि भएनन् भने सिङ्गो संगठन पार्टी बदनाम हुन्छ ।
प्रतिस्पर्धा
हरेक क्षेत्रमा प्रतिस्पर्धा हुनु राम्रो कुराहो प्रतिस्पर्धाले मान्छेको बौद्धिकता लगायतका सम्पुर्ण क्षमता हरु निखारिन्छन र उत्कृष्ट नतिजा दिन्छ त्यसको निम्ति स्व्च्छ प्रतिस्पर्धा हुनुपर्छ यहाँ राजनीति क्षेत्रमा पद पावर पैसा बनाउने प्रतिस्पर्धा बढेसंगै राजनीति क्षेत्र नै व्यापारी करण हुदै दलाल मनस्थिति उत्पादन भएको छ । प्रेम भट्टराई राष्ट्रप्रेमी वयवस्थापक मालिका समाचार

बिज्ञापन
बिज्ञापन

Leave a Reply