विज्ञापन

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संख्यामा मात्रै जिद्दी गर्न नहुने बताएका छन् ।
मंगलवार केन्द्रीय कार्यालयको विस्तारित बैठकमा गठबन्धनको अवस्थाबारे ब्रिफिङ गर्दै गठबन्धनमा लचक भएर जानुपर्ने बताएका हुन् ।
‘राजनीतिक कारणले बनेको गठबन्धन हो,’ प्रचण्डलाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘सिट धेरै ल्याउन बनेको गठबन्धन होइन, सकभर लचक भएर जानुपर्छ ।’
विज्ञापन

प्रचण्डले भरतपुर पक्का भएको र संख्यामा मात्रै जिद्दी गर्न नहुने बताएका हुन् ।
बैठकमा नेताहरूले प्रचण्डलाई एउटा महानगर मात्रै लिएकाले ४ उपमहानगरको दाबीलाई कायम राखिराख्न भनेका थिए ।
माओवादीले भरतपुर महानगरपालिकासहित जितपुरसिमरा, घोराही, धरान र हेटौंडा उपमहानगरको प्रमुखमा दाबी गरेको छ ।
विज्ञापन

अन्य समाचारहरु
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने
राप्रपा नेपालद्धारा पार्टी एकताका लागि वार्तासमिति गठन
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन