बौनियाँ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रचण्ड र माधव नेपाल प्रतिगामी लालगद्दार बनेको आरोप लगाएका छन् ।
विज्ञापन

उनले सत्ता गठबन्धनलाई प्रतिगमनकारीहरुको झुण्ड भन्दै स्थानीय चुनावबाट गठबन्धनलाई परास्त गर्न आह्वान समेत गरेका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बौनियाँमा आयोजित जनसभामा सम्बोधन गर्दै नेता भट्टले केपी ओलीको रुपमा मुलुकले असाधारण राजनेता पाएको र आफूहरुले प्रचण्डलाई छाडेर त्यहीकारण ओलीलाई साथ दिएको बताए ।
विज्ञापन

उनले भने,‘एउटा असाधारण राजनेताको नेतृत्वमा नेकपा अघि बढ्दा हाम्रै पार्टीभित्रका प्रचण्ड–माधव जस्ता प्रतिगमकारीले पार्टी विभाजन गरे । आज उनीहरू दलाल नोकरशाही पुँजीवादसँग गठबन्धन गर्दै पार्टी र जनताविरुद्ध लागि परेका छन् । हामी प्रतिगमनकारी गठबन्धनविरुद्ध विजयी हुनेछौं ।’
अन्य समाचारहरु
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा