राजनीति

म बालकोट जान तयार छु:प्रचण्ड

बिज्ञापन

काठमाडौ ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जरुरी परे आफू वालकोट जान तयार रहेको बताएका छन।

बिज्ञापन

यतिबेला एम सी सी को बिषयलाई लिएर चौतर्फी आलोचना खेपी रहेका प्रचण्डले यस अघि नै नेकपा एमाले अध्यक्ष के पी ओली लाई एम सी सी बारे हार गुहार गरि टेलीफोन सम्पर्क गरिसकेका छ्न। आज संचार माध्यामिक संग कुरा गर्दै प्रचण्डले भने म राजनीतिको यस्तो पात्र हु जसले राजनीतिमा स्थाइ शत्रु र स्थाइ मित्र हुदैन भन्ने कुरा व्यावहारमा उतारेको मैले हो इतिहासमा गोलि हानाहान भैरहेको बेला पनि हतियार बिसाएर वार्तामा बसेर देशमा सान्ती स्थापना गर्न अहम भुमिका निर्वाह गरेको इतिहास रहेको बताए ।

साथै आफू राष्ट्रिय मुद्दामा एमाले संगै सहकार्य गर्न तयार रहेको र एकताका सबै ढोका खुला राखेको पनि बताए । थप्दै भने “राष्ट्रिय मुद्दामा एमाले अध्यक्ष के पी शर्मा ओली संग रुल आउट गर्दैन राष्ट्रिय समस्याको सन्दर्भमा अझै बालकोट जान तयार रहेको तर एमाले अध्यक्ष के पी ओलीले सबै ढोका बन्द भएको संकेत दिदै कामरेड नै होइनन् भने जस्तो आफ्नो धारणा राखेको भए पनि आफ्नो धारणा त्यस्तो नरहेको बताए ।

बिज्ञापन