राजनीति

देश संकटमा पर्दा काम गर्ने सक्ने पार्टी कांग्रेस मात्रै – प्रकाशमान सिंह

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देश संकटमा पर्दा काम गर्ने सक्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन् ।

बुधबार काठमाडौंको शंखमुलमा ‘घर घर जाऊ, कांग्रेस जिताऊ’ अभियान अन्तर्गत आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंहले सो कुरा गरेका हुन् । संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नेसक्ने पार्टी कांग्रेस मात्रै भएको बताउदै उनले यस्तो नेतृत्व अरु पार्टीले गर्न नसक्ने बताए ।

उनले देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने भन्दै कम्युनिस्ट दलहरुप्रति आक्रोस पनि पोखे । अब देशको हित गर्ने पार्टी र ढुलमुले पार्टी छट्याउनुपर्ने भन्दै उनले कांग्रेसले मुलुकको राजनीति र सामाजिक आर्थिक रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले नै गरेको र अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास कांग्रेसले नै दिएको भन्दै उनले अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गरे ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन