प्रवास

प्रवासी नेपाली संघ भारतको नगर सम्मेलन घोषणा कार्यक्रम सम्पन्न

बिज्ञापन

प्रवास सम्बादाता :प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिती अन्तरगत रहेको वसई विरार नगर समिती को सातौं नगरसम्मेलनको घोषणा सभा कार्यक्रम शुक्रबार नालासोपारा पुर्वमा विभिन्न संस्कृतिक प्रस्तुतिका साथ भव्यरुपमा सम्पन्न भएको छ।

निरवर्तमान अध्यक्ष महेन्द्र शाहिको अध्यक्षतामा र निरवर्तमान सचिव रतन चलाउनेको संचालनमा भएको उक्त कार्यक्रमको मुख्य अथितिमा संघका केन्द्रिय उपाध्यक्ष डम्बर रावल हुनुहुन्थ्यो भने विशेष अथितीमा संघका केन्द्रिय सचिब गिरिराज बेलबासे रहनुभएको थियो।

अथितिहरुमा संघका केन्द्रिय सचिवालय सदस्य माधव वेलवासे,केन्द्रिय सदस्य बालकृष्ण ढकाल,वेलबहादुर झेडी,केन्द्रिय सदस्य तथा महाराष्ट्र राज्य आयोजक समिती संयोजक चक्र रावल,केन्द्रिय सदस्य तथा राज्य समिती संस्कृतिक विभाग प्रमुख लोकेश बदुवाल,राज्य आयोजक समिति सदस्य पदम बम,पदम बिष्ट,भिमबहादुर खडका,ज्ञानि कुवर चन्द्रा कडेल,मालिका टेलिभिजन भारत कि प्रमुख ललिता मलाति,चर्चित डान्सर सरु ताम्राकार,अखिल भारत नेपाली एकता मंच का नगर अध्यक्ष रमेश परियार,अन्तरास्ट्रिय जनसमाज भारतका जिल्ला समिती सदस्य सेर बहादुर बि क प्रनेसंघ भारत उत्तर मुम्बई नगर सदस्य तपेन्द्र बिष्ट र वसई विरार नगर समिती बरिस्ठ सल्लाहकार कर्णाखर घोडासैनी जैशी रहनु भएको थियो।

उक्त घोषणा सभाबाट रतन चलाउने अध्यक्ष रहने गरि ४१ सदस्यीय नगर समिति र महेन्द्र शाही प्रमुख सल्लाहकार रहने गरि ७ सदस्यीय सल्लाहकार समितीको घोषणा गरिएको छ। नव निर्वाचित नगर कार्यसमितिलाई प्रमुख अथिती डम्बर रावलद्वारा सपथग्रहण गरिएको थियो भने कार्यक्रममा जनप्रगितिशिल संस्कृतिक मंचका कलाकारहरुले आफ्ना  वेजोड प्रस्तुतिहरुबाट  दर्शकहरुलाई मनोरञ्जन गराउन सफल रहेका थिए।

उक्त कार्यक्रम बाट नेपालमा कमलबजार नगरपालिका ५ बस्ने धन भुलका कान्छा छोरा मदन भुल भारतको पुनामा दुर्घटनामा परि शरीर अंङ्गभङ्ग भइ एउटा खुट्ता कामै नलाग्ने गरि घाइते भएको अवस्थामा हस्पिटलमा उपचार भैरहेको र ठूलो धनराशि को आवस्यक भएको सुचना आयोजकद्वारा प्रकासित गरि संकलन गरिएको रकम रु ९५०० भारु निज घाइते मदन भुलको दाजु गम्भीर भुललाई नगर समिती मार्फत हस्तान्तरण गरिएको छ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन