प्रवास

प्रवासी नेपाली संघ भारत उत्तर-प्रदेश राज्य समितिको अगुवा कार्यकर्ता भेला कानपुरमा सम्पन्न

बिज्ञापन

कानपुर । प्रवासी नेपाली संघ भारत उत्तरप्रदेश राज्यको अगुवा कार्यकर्ता भेला शिव मन्दिर नेपाली धर्म समाज कानपुर स्थित आवास विकास कल्याणपुरमा अत्यन्तै भब्य रुपमा सम्पन्न भएको छ।

बुद्धिराम कुमालको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलाको संचालन रमेश आचार्य ले गरेका थिए। उक्त अगुवा कार्यकर्ता भेलाको प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रिय समिति अध्यक्ष नारायण होमागाईं रहेका थिए भने विशिष्ट अतिथि प्रवासी नेपाली संघ भारतका निवर्तमान अध्यक्ष लोकनाथ भण्डारी थिए। अन्य अतिथिहरु प्रवासी नेपाली संघ भारत केन्द्रिय समिति सदस्य टेक रावल भीजन र प्रमोद सिंह साउद क्षेत्री,आकार श्री पशुपति नाथ मन्दिर कल्याणपुरका अध्यक्ष कृष्ण क्षेत्री, मन्दिरकै पूर्व अध्यक्ष बिबी पौडेल,पण्डित पुरोहित शिवलाल पाण्डे थिए।

भेलाको स्वागत मन्तव्य पूर्व राज्य अध्यक्ष रामु गौतम ले गरे।अगुवा कार्यकर्ता भेला लाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष नारायण होमागाईंले संगठनको वर्तमान अवस्था र भूमिका,प्रवासी नेपाली संघ भारत लाई विचार र दृष्टिकोणयुक्त बनाउने,आम प्रवासी नेपालीका समस्या उजागर गर्दै समाधान गर्ने र प्रवासी नेपाली संघ भारत लाई थप उचाईमा पुर्‍याउने फराकिलो लक्ष्यका साथ निरन्तर अगाडी बढेको कुरा जानकारी गराउदै हरेक प्रवासी नेपालीले संघको झण्डा मुनी आबद्ध हुन आग्रह समेत गरे।त्यस्तै विशिष्ट अतिथि लोकनाथ भण्डारीले देशको समसामयिक राजनीतिक अवस्था,विगतमा प्रवासी नेपाली संघ भारतले खेलेको भूमिका र उत्तरप्रदेश राज्यले गर्नुपर्ने आगामी योजनाका बारेमा स्पष्ट पार्दै संगठनको हितका निम्ति जहाँ रहे पनि आफुले गर्ने कार्य कहिल्यै पनि कमि नहुने विचार प्रकट गरे।

त्यस्तै अतिथि टेक रावल भीजनले नवौं उत्तरप्रदेश आयोजक राज्य समितिको नामावली घोषणा गर्दै संगठनको उदेश्य र लक्ष्यका वारेमा प्रष्ट पारेका थिए। अर्का अतिथि प्रम्मोद सिंह साउद क्षेत्रीले उत्तरप्रदेशमा भए गरेका कार्य,आफ्नो अनुभव र आगामी गर्नुपर्ने कार्यका बारेमा आफ्नो धारणा राखेका थिए । अगुवा कार्यकर्ता भेला बाट प्रगतिशील,देशभक्त तथा जनवादी प्रवासीहरुको लोकप्रिय,सशक्त,गतिशील र प्रभावसाली संगठन प्रवासी नेपाली संघ भारतको ऎतिहासिक उर्वरभूमि उत्तरप्रदेश राज्य समितिले एक पटक फेरि उज्यालो विहानी ल्याउने जमर्को गरेको छ।

बिज्ञापन

प्रवासी नेपाली संघ भारत उत्तरप्रदेश राज्य समितिको नवौं राज्य सम्मेलन भब्य रूपमा सम्पन्न गर्न बुद्धिराम कुमाल संयोजक रहने गरि ३९ सदस्यीय आयोजक समिति सर्वसम्मत घोषणा भएको छ।

जसमा संयोजक बुद्धिराम कुमाल,सहसंयोजक दल बहादुर खड्का,सचिव रमेश आचार्य,उपसचिव डम्बर बस्नेत,उत्तम साउद,विवेक भूसाल,आर्थिक विभाग प्रमुख तुल्सी पन्थी,उपप्रमुख डम्बर ताम्राकार, सदस्य सूर्य बहादुर रेश्मी, अन्य सदस्यहरु रतन थापा,करन साउद,प्रेम सिंह साउद,लोग बहादुर बुढा,लक्ष्मी सिंह,रामजी ज्ञवाली,संजय केसी,झुमकला आचार्य,राम बहादुर केसी,शिवलाल पन्थी,अर्जुन श्रेष्ठ,कुल बहादुर थापा,ईश्वरी सामत,सुशील थापा,राज कुमार अधिकारी,भरत परियार,ज्ञान बहादुर राना,गंगा राम,राम प्रकाश गुरुङ,नन्द प्रसाद थापा,कुमारी रेणु राना,अरुणा देवी रेश्मी,इन्द्रादेवी गुरुङ,गुमान सिंह,कृष्ण बुढाथोकी,कमल खत्री,नरेश कुमार क्षेत्री,मान बहादुर पुन,मोहन सिंह र सुरेन्द्र बन्जारे रहेका छ्न भने सल्लाहकार प्रमुख रामु गौतम रहेका छ्न।

बिज्ञापन
बिज्ञापन